पश्चिम बङ्गालमा भाजपा, असममा एनडीए विजयी

अन्तराष्ट्रिय मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

भारतको पश्चिम बङ्गाल, तमिलनाडु, केरला, असम र केन्द्र शासित प्रदेश पुडुचेरीसहित प्रमुख क्षेत्रका ८२३ निर्वाचन क्षेत्रमा विगत दुई आज बिहान ८ बजेदेखि मतगणना सुरु भएको थियो। भारतीय निर्वाचन आयोगको पछिल्लो जानकारी अनुसार पश्चिम बङ्गालमा भाजपाले २९४ सिटमध्ये १९५ सिटमा अग्रता लिइरहेको छ भने पश्चिम बङ्गालमा सत्तासिन तृणमूल कांग्रेस ९टीएमसी० ले ८७ सिटमा अग्रता लिइरहेको छ ।

त्यस्तै, भारतीय राष्ट्रिय कांग्रेस (आइएनसी) ले दुई सिट, आम जनता उन्नयन पार्टी (अजुप) ले दुई सिटमा अग्रता लिइरहेको छ भने भारतीय कम्युनिस्ट पार्टी (मार्कर्सवादी) ले एक सिटमा अग्रता लिइरहेको छ । प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, भाजपा अध्यक्ष नितिन नवीन र जेपी नड्डाले पश्चिम बङ्गालमा भाजपाको विजयलाई ऐतिहासिक भने  यसलाई जनशक्ति र विकास राजनीतिको विजय भन्दै प्रधानमन्त्री मोदीले राज्यको सपना पूरा गर्ने आश्वासन दिए ।

प्रधानमन्त्री मोदीले पनि पश्चिम बङ्गाल विधानसभा चुनावमा पार्टीको विजयमा खुशी व्यक्त गर्दै सामाजिक सञ्जाल एक्समा लेखेका छन् , “पश्चिम बङ्गालमा कमल फुलेको छ । सन् २०२६ को पश्चिम बङ्गाल विधानसभा चुनाव सधैँ सम्झिइनेछ ।”

उनले अगाडि लेखेका छन् , “जनताको शक्तिको जित भएको छ र भाजपाको सुशासनको राजनीतिले जितेको छ । म पश्चिम बंगालका प्रत्येक नागरिकलाई नमन गर्दछु । जनताले भाजपालाई ठूलो जनादेश दिएका छन् र म उनीहरूलाई विश्वास दिलाउन चाहन्छु कि हाम्रो पार्टीले पश्चिम बंगालका जनताको सपना र आकांक्षा पूरा गर्न हरसम्भव प्रयास गर्नेछ। हामी समाजका सबै वर्गलाई अवसर र सम्मान सुनिश्चित गर्ने सरकार प्रदान गर्नेछौं ।”

उनले भने , “पश्चिम बङ्गालमा भाजपाको रेकर्ड तोड्ने जित असङ्ख्य मजदुरहरूको पुस्तौँदेखि गरेको सङ्घर्ष बिना सम्भव हुने थिएन । म सबैलाई सलाम गर्छु । वर्षौंदेखि उनीहरूले तल्लो तहमा कडा मेहनत गरेका छन्, सबै प्रकारका कठिनाइहरूको सामना गरेका छन् र हाम्रो विकासको एजेन्डाको बारेमा कुरा गरेका छन् । उनीहरु हाम्रो पार्टीको शक्ति हुन् ।”

केन्द्रीय गृहमन्त्री अमित शाहले एक्समा जीतप्रति खुसी व्यक्त गर्दै लेखेका छन , “यो विशाल जनादेश बङ्गालका जनताले भय, तुष्टीकरण र घुसपैठका संरक्षकहरूलाई दिएको उचित जवाफ हो । यो तृणमूलको ‘भय’ माथि प्रधानमन्त्री मोदीप्रतिको ‘विश्वास’ को विजय हो । यो म जस्ता हरेक भाजपा कार्यकर्ताका लागि गर्वको क्षण हो ।”

असम विधानसभा

सन् २०२६ को असम विधानसभा चुनावमा भाजपा नेतृत्वको एनडीएले शानदार प्रदर्शन गरेको छ । असमको कूल १२६ सदस्यीय सदनमा १०० भन्दा बढी सीटमा अग्रता लिएको छ। यो बहुमतको आँकडाभन्दा निकै धेरै हो । यससँगै हिमन्त बिस्वा सरमाले लगातार दोस्रो पटक मुख्यमन्त्री पदका लागि बलियो पकड बनाएका छन्।

परिणामपछि मुख्यमन्त्री सरमाले विजयको चिन्ह देखाएर कार्यकर्ताहरूलाई प्रोत्साहित गरेको र यसलाई जनताको विश्वासको विजयको रूपमा वर्णन गरेका छन्। पार्टी नेताहरूले यसलाई विकास र स्थिरताको राजनीतिमा जनताको छाप भएको टिप्पणी गरेका छन् ।

केरलामा यूडीएफ विजयी

केरलामा कांग्रेस नेतृत्वको यूडीएफले १४० सदस्यीय विधानसभामा बहुमत अर्थात् १०२ सीट मा विजय हासिल गरेको छ । पछिल्लो चुनावी तथ्याङ्कले भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) को नेतृत्वमा रहेको सत्तारूढ वाम लोकतान्त्रिक मोर्चा (एलडीएफ) ले ३५ सिट जितेको छ भने भाजपाले तीन सीट दर्ता गरेको छ । यो फैसलालाई एलडीएफको १० वर्षे कार्यकालको निर्णायक अस्वीकृतिको रूपमा हेरिएको छ ।

केरलाका मुख्यमन्त्री पिनाराई विजयनले सोमबार धर्मदाम विधानसभा निर्वाचन क्षेत्रमा ८५ हजार ६१४ मत ल्याएर विजय हासिल गरेका छन् । विजयन धर्मादाम निर्वाचन क्षेत्रमा कांग्रेसका अब्दुल रशीद र भाजपाका के रञ्जितसँग प्रतिस्पर्धा गरेका थिए  ।

तमिलनाडु

तमिलनाडुमा टिविकेले कूल ५९ जीत र ४८ अग्रतासहित १०७ स्थानमा बिजयको आधार खडा गरेको छ भने दोस्रोमा द्रमुकले ३० जीत र ४२ अग्रतासहित ७२ सीटमा जीत हाँसिल गर्ने सम्भावना देखिएको छ । त्यस्तै, २६ जीत र २९ स्थानमा अग्रतासहित अन्नाद्रमुकले ५५ स्थानमा जित हाँसिल गर्ने देखिएको छ ।

पडुचेरी

पडुचरीमा एनडिएले १५ स्थानमा जीत हाँसिल गरेको छ भने तीन स्थानमा अग्रता लिएको छ ।  भारतीय राष्ट्रिय काङ्ग्रेसले सन् २०२१ को विधान सभा निर्वाचनको प्राप्त सीटमध्ये थप दुई सिट गुमाउँदै छ स्थानमा विजय प्राप्त गरेको छ । पडुचेरीमा टिकिकेले तीन सिट र अन्यले तीन सिट प्राप्त गरेका छन् ।

पश्चिम बङ्गालमा विवादका कारण स्थगित भएका विभिन्न पश्चिम बङ्गालको दक्षिण २४ परगना जिल्लाको फाल्टा विधानसभा सिटका सबै २८५ मतदान केन्द्रहरूमा मे २१ मा पुनः मतदान गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ ।

अधिकारीका अनुसार अप्रिल २९ मा फाल्टामा भएको दोस्रो चरणको मतदानमा ‘लोकतान्त्रिक प्रक्रियालाई कमजोर पार्ने गम्भीर चुनावी अनियमितता’ का घटनालाई मध्यनजर गर्र्दै यो निर्णय लिइएको बताएको हो ।

निर्वाचन आयोगले फाल्टामा सबै मतदान केन्द्र (सहायक मतदान केन्द्रसहित) मा बिहान ७ बजेदेखि बेलुकी ६ बजेसम्म पुनः मतदान हुने जनाएको छ । मतदान स्वतन्त्र, निष्पक्ष र पारदर्शी ढंगले गर्न सकियोस् भनी निर्वाचनका दिन ‘कडा सुरक्षा व्यवस्था’ गरिने आयोगले जनाएको छ । उक्त निर्वाचन क्षेत्रको मतगणना मे २४ मा हुने बताइएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *