ललितपुरको पिउने पानीमा फिकल कोलिफर्म भेटियो, सचेत रहन आग्रह

ललितपुर जिल्लामा परीक्षण गरिएको पानीको नमुना फिकल कोलिफर्म रहेको भेटिएको भएको छ । जनस्वास्थ्य कार्यालय ललितपुरले जिल्लाका विभिन्न स्थानबाट सङ्कलन गरिएको पानीका नमुनामा फिकल कोलिफर्म देखिएको ललितपुर जनस्वास्थ्य कार्यालयका प्रमुख डा. भुवन पौडेलले जानकारी दिए । परीक्षणका लागि सङ्कलन गरिएका २८ नमुनामध्ये ११ मा फिकल कोलिफर्म पुष्टि भएको डा. पौडेलले बताए । परीक्षणका लागि गोदावारी […]

Continue Reading

विषाक्त मदिरा सेवनबाट कुवेतमा १६ नेपालीको मृत्यु

अति प्रज्वलनशील पदार्थ मेथानोल मिस्रित मदिरा सेवनबाट कुवेतमा १६ नेपाली कामदारको मृत्यु भएको छ। गत सातादेखि हालसम्म कुवेतको विभिन्न स्थानमा २३ जना आप्रवासी श्रमिकको मृत्युभएकोमा तीमध्ये १६ जना नेपाली रहेको नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले जनाएको छ । अध्यक्ष एकराज मल्ल र सदस्य आङकाजी शेर्पाले शुक्रबार एक विज्ञप्ति जारी गर्दै १ सय ६० बढीको स्थानीय […]

Continue Reading

सङ्घीय धर्मनिरपेक्ष गणतन्त्र धोका हो : थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले सङ्घीय धर्मनिरपेक्ष गणतन्त्रलाई धोका भनेका छन्। आज भक्तपुरमा पार्टीद्वारा आयोजित प्रशिक्षण कार्यक्रममा उनले यस्तो बताएका हुन्। अध्यक्ष थापाले अहिलेको व्यवस्था असफलसिद्ध भइसकेको जिकिरसमेत गरेका छन्। ‘सरकार भ्रष्टाचारको काण्ड नै काण्डमा फसेको छ। भ्रष्टहरू जोगाउनमा तल्लीन छ,’ उनले भने, ‘सङ्घीय धर्मनिरपेक्ष गणतन्त्र असफल भइसक्यो।’ उनले गणतन्त्रले विदेश दबाब, प्रभाव र हस्तक्षेपलाई […]

Continue Reading

नेपाल नर्दन टेरिटोरी स्ट्राइकरसँग पराजित

नेपाल अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजको पहिलो खेलमा स्थानीय क्लब नर्दन टेरिटोरी स्ट्राइकरसँग ४२ रनले पराजित भएको छ । डार्विनमा शुक्रबार भएको खेलमा जितका लागि एक सय ७८ रनको प्रतिस्पर्धात्मक लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ३५ रनमा समेटियो । नेपालका लागि कुशल मल्लले सर्वाधिक ३४ रन बनाउनुभयो । यस्तै […]

Continue Reading

रूसको कारखानामा भीषण आगलागी, चार जनाको मृत्यु

रूसको पश्चिमी क्षेत्र र्याजानस्थित एक कारखानामा शुक्रबार बिहान भीषण आगलागी हुँदा कम्तीमा चार जनाले ज्यान गुमाएका छन् । क्षेत्रीय सञ्चालन मुख्यालयका अनुसार आगलागी बिहान करिब १०ः३० बजे (स्थानीय समयअनुसार) शिलोभ्स्की जिल्लाको एक उत्पादन कार्यशालामा भएको हो । घटनामा मृत्यु हुनेहरूको संख्या अझै पुष्टि भइरहेकाले विवरण संकलनको कार्य जारी रहेको अधिकारीहरूले जनाउनुभएका छन् । यसअघि, रूसी […]

Continue Reading

आजको मौसमः मनसुनको न्यून चापीय रेखा तराईबाट दक्षिणतर्फ सर्दै

मनसुनको न्यून चापीय रेखा नेपालको तराई आसपास रहेपनि बिस्तारै दक्षिणतर्फ सर्ने देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । फलस्वरूप, नेपालमा मनसुन केही कमजोर हुँदै जाने भएपनि हाल बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव भने रहेको महाशाखाको भनाइ छ । आज बिहान सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ। […]

Continue Reading

नागढुंगा सुरुङमार्ग चाडै सञ्चालनमा आउँदै

२८ अर्ब रुपैयाँमा निर्माणाधीन नेपालको पहिलो सुरुङमार्ग ‘सिस्नेखोला–नागढुंगा’मा चल्ने सवारीसाधनका लागि सरकारले उपभोग दस्तुर (टोल ट्याक्स) स्वीकृत गरेको छ । गत सोमबार मन्त्रिपरिषद्को बैठकले ‘सिस्नेखोला–नागढुंगा’ सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनका लागि दस्तुर तोकेको हो । निर्माणको अन्तिम चरणमा रहेको यो सुरुङमार्ग चाडै सञ्चालनमा ल्याउने तयारी छ । सडक बोर्डले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय हुँदै पेस गरेको प्रस्तावका आधारमा […]

Continue Reading

जिडिपी वृद्धिदरको उतारचढावले जोखिम

कुल गार्हस्थ उत्पादन (जिडिपी) को वृद्धिदरमा भइरहेको उतारचढावले मुलुकको वित्त अवस्थामा जोखिम बढाउँदै गएको पाइएको छ । अर्थ मन्त्रालयकै विश्लेषणले वृद्धिदरमा देखिएको तीव्र उतारचढाव मुलुकको वित्त अवस्थाका लागि अत्यन्त संवेदनशील रहेको ठहर गरेको छ । मन्त्रालयले हालै सार्वजनिक गरेको ‘वित्त जोखिम विवरण र रणनीति’ विषयक प्रतिवेदनले वृद्धिको अस्थिरताले राजस्व सङ्कलन, सार्वजनिक खर्च र ऋणको स्थितिलाई महत्वपूर्ण […]

Continue Reading

रविका निकट सहयोगी थापा अमेरिकाबाट डिपोर्ट

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका निकट सहयोगी तथा पार्टीका पूर्व केन्द्रीय सदस्य मोहनबहादुर थापालाई अमेरिकी सरकारले डिपोर्ट (निष्कासन) गरेको छ। ग्रिनकार्ड खारेज गरिएपछि अमेरिकाबाट निष्कासित भएका थापा एक साताअघि काठमाडौं आइपुगेलगत्तै प्रहरीको मानव बेचबिखन नियन्त्रण ब्युरोमा हाजिर भएका थिए। ब्युरोले आवश्यक प्रक्रिया पूरा गरी उनलाई छाडेको छ। म्याग्दी घर भएका थापाको अमेरिकी प्रशासनले ग्रिनकार्ड […]

Continue Reading

पूर्वराष्ट्रपति भण्डारी भदौ २ गतेदेखि देश दौडाहमाःपाटीरमा आन्तरिक किचलाे अझै बढने संकेत

पूर्वराष्ट्रपति विद्या भण्डारीले भदौदेखि देश दौडाह सुरु गर्ने भएकी छन्। एमालेका तल्ला कमिटीका बैठकहरूमा भण्डारीको सदस्यता नवीकरणका लागि दबाब सिर्जना भइरहेका बेला भदौ २ गते कोसी प्रदेशबाट उनले देश दौडाहा सुरु गर्न लागेकी हुन्। कोसी प्रदेशका कार्यक्रमहरू सिध्याएर भण्डारी भदौ १४ गते मधेस प्रदेशमा जाने निकट नेताहरूले बताएका छन्। ‘उहाँ भदौ २ गतेबाट कोसी प्रदेशका […]

Continue Reading