ईयू सीमामा कागजी टिकटको सट्टा बायोमेट्रिक्स प्रणाली लागु हुने

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

युरोपेली संघ (ईयू) मा प्रवेश र बाहिरिने प्रक्रियामा अब पासपोर्टमा टिकटको सट्टा यात्रुको अनुहार र औँठाछाप (बायोमेट्रिक्स) प्रयोग गरिने भएको छ । नयाँ प्रणाली एन्ट्री/एक्जिट सिस्टम (ईईएस) आगामी १२ अक्टोबरदेखि लागू हुने युरोपेली अधिकारीहरूले पुष्टि गरेका हुन् ।

यो प्रणाली लागू भएपछि बेलायत लगायत गैर–इयू देशका यात्रुहरूले सिमाना पार गर्नुअघि आफ्नो औँठाछाप र अनुहार स्क्यान गर्नुपर्नेछ । हालको कागजी टिकट प्रणालीलाई प्रतिस्थापन गर्दै यो डिजिटल प्रणाली इयूका सदस्य राष्ट्रहरूमा क्रमशः लागु गरिनेछ ।

६ महिनाभित्र पूर्ण रूपमा लागू गर्ने योजना छ, जसअनुसार यो प्रक्रिया १० अप्रिल २०२६ सम्म सबै देशमा कार्यान्वयन हुनेछ ।

यात्रुहरूले विमानस्थल, बन्दरगाह वा रेल स्टेशनमा तोकिएका बुथहरूमा आफ्नो बायोमेट्रिक विवरण दिनेछन्। एकपटक विवरण दिइसकेपछि त्यो अभिलेख तीन वर्षसम्म मान्य हुनेछ, जसले गर्दा पुनः यात्रा गर्दा समय कम लाग्ने विश्वास गरिएको छ ।

ई–पासपोर्ट भएकाहरूले ई–गेट प्रयोग गर्न सक्नेछन् । सामान्य पर्यटकका लागि बायोमेट्रिक विवरण तीन वर्ष एक दिनसम्म मात्र राखिनेछ। तर भिसाबिना ९० दिनभन्दा बढी बस्ने यात्रुहरूको तथ्यांक पाँच वर्षसम्म राखिनेछ ।

यदि कसैले बायोमेट्रिक विवरण दिन अस्वीकार गरेमा उनलाई ईयूमा प्रवेश अनुमति दिइने छैन। ईईस प्रणालीमा नाम दर्ता गर्दा कुनै शुल्क लाग्ने छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *