आज दिउसाे १ बजे फिफा फुटबल फर स्कुल उदघाटन हुदै

अर्थ मनराेञ्जन मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

अखिल नेपाल फुटबल संघ (एन्फा) ले सञ्चालन गर्न लागेको ‘फिफा फुटबल फर स्कुल’ कार्यक्रमको बिहीबार औपचारिक उद्घाटन हुदैँछ।प्रधानमन्त्री केपी शर्मा ओलीले दशरथ रंगशालामा दिउँसो १ बजे आयोजना हुने एक विशेष समारोहबीच कार्यक्रमको शुभारम्भ गर्नेछन्।कार्यक्रमको पूर्वसन्ध्यामा राष्ट्रिय महिला फुटबल टिमकी कप्तान सावित्रा भण्डारी (साम्बा) ले एक भिडियो सन्देश जारी गर्दै सम्पूर्ण फुटबल शुभचिन्तकहरूलाई कार्यक्रमबारे जानकारी दिएकी छन्।

उनले कार्यक्रमलाई सफल बनाउन छनोट भएका विद्यालयहरू र ७ देखि १४ वर्ष उमेर समूहका सहभागी बालबालिकाहरूलाई शुभकामना व्यक्त गरेकी छन्। कप्तान भण्डारीले सार्वजनिक गरेको भिडियो प्रधानमन्त्री ओलीले पनि आफ्नो सामाजिक सञ्जालमा सेयर गरेका छन्।

भिडियो सेयर गर्दै प्रधानमन्त्रीले लेखेका छन्, ‘फिफा फुटबल फर स्कूल, भोलि दशरथ रङ्गशालामा भेटौँ।’ ‘फुटबल फर स्कुल’ फिफाको एक महत्त्वाकांक्षी अभियान हो। जसले विद्यालय तहका बालबालिकालाई फुटबल खेलमार्फत जीवनोपयोगी सीप सिकाउने र फुटबलको जगलाई तल्लो तहबाटै बलियो बनाउने लक्ष्य राखेको छ। कार्यक्रमको उद्घाटन समारोहमा छनोट भएका विद्यालयका बालबालिकाहरूको समेत सहभागिता रहने एन्फाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *