ट्रम्पले गरे भारत र पाकिस्तानबीच आणविक युद्ध रोकेको दावी

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीच आणविक युद्ध रोकेको दावी गरेका छन्। नेटो महासचिव मार्क रटसँगको भेटमा ट्रम्पले आफूले युद्ध नरोकेको भए भारत-पाकिस्तानबिच आणविक युद्ध हुनसक्ने खतरा रहेको बताएका छन्।

उनले भनेका छन्,’ मैले भारत र पाकिस्तानलाई भनेको थिएँ कि जबसम्म तपाईंहरू यो मुद्दा समाधान गर्नुहुन्न । तबसम्म हामी तपाईंहरूसँग व्यापारको बारेमा कुरा गर्ने छैनौं। त्यसपछि उनीहरू युद्ध रोक्न सहमत भएका हुन्।’ ट्रम्पले भारत र पाकिस्तानबिचको सैन्य युद्ध आफ्ना कारणले रोकिएको  पटक पटक दावी गर्दै आएका छन्। तर, भारतले उनको दावीलाई अस्वीकार गर्दै आएको छ।

राष्ट्रपति ट्रम्पले पहिलो पटक मे १० मा सामाजिक प्लेटफर्म ‘ट्र्थ सोसल’मा अमेरिकाको मध्यस्थतामा भएको वार्तापछि भारत र पाकिस्तान युद्धविराममा सहमत भएका हुन्। त्यतिबेलामा पनि भारतीय विदेश मन्त्रालयल भारत र पाकिस्तानबिच सैन्य द्वन्द्व रोक्न भएको सम्झौतालाई अस्वीकार गरेको थियो।  ट्रम्पले अहिले फेरि त्यही कुरा दोर्‍याएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *