युट्युबले कडा नीति अपनाउँदै : एआई भिडियोलाई भाेलि देखि निरुत्साहित गरिने

अन्तराष्ट्रिय अर्थ मनराेञ्जन मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

युट्युबले भाेली जुलाई १५ देखि आफनो मोनेटाइजेसन नीति कडा बनाउँदैछ । नयाँ नियमअनुसार कम मेहनतमा बनाइएका, ठूलो संख्यामा उत्पादन गरिएका र अप्रामाणिक सामाग्रीहरू अब युट्युब पार्टनर प्रोग्राम (वाईपीपी) अन्तर्गत आम्दानी गर्न अयोग्य ठहरिन सक्नेछन् । यो कदम विशेषगरी जेनरेटिभ एआई प्रयोग गरी बनाइएका सामग्रीहरूलाई लक्षित गरिएको छ । जसले एआई आवाज, टेम्प्लेटबाट बनेका भिडियोहरू वा अन्य सर्जकहरूको कामको सतही नक्कल गरेर बनाइएका भिडियोलाई समेटिएको छ ।

के परिवर्तन हुँदैछ ?

युट्युबले “मास प्रोड्युस्ड” र “रिपिटीसीयुस” सामग्रीविरुद्ध कडाइ गर्दै यस्ता सामग्रीको मोनेटाइजेसन रोक्ने निर्णय लिएको छ । नयाँ नीतिअनुसार निम्न प्रकारका सामग्रीहरू प्रभावित हुन सक्छन् :

एउटै ढाँचाबाट तयार पारिएका सामग्रीहरू, न्यूनतम मानव सहभागिता भएको एआई–निर्मित सामग्री, मिल्दाजुल्दा भिडियोहरू धेरै संख्यामा अपलोड गर्ने च्यानलहरू, अरूको मौलिक कामलाई सतहीरूपमा परिवर्तन गरी प्रस्तुत गर्ने सामग्री

किन गरियो यस्तो निर्णय ?

एआई–सहायता प्राप्त सामग्रीको प्रवाहले युट्युबमा गुणस्तर र विश्वसनीयतामा असर पारेको देखिएको छ । एआई–निर्मित क्राइम स्टोरीहरू, नक्कली समाचार र यहाँसम्म कि युट्युबका सीईओ नील मोहनकै डीप फेक भिडियोहरू पनि युट्युबमै देखिन थालेका छन् । यी सबै समस्याले युट्युबको ब्रान्ड र विश्वसनियतामाथि नकारात्मक प्रभाव पारिरहेको भन्दै कम्पनीले नीति कडाइ गर्न लागेको हो ।

कसलाई असर पर्छ ?

नयाँ नीतिले विशेषगरी एआई–आधारित समाचार च्यानलहरू, नामविहीन च्यानलहरू र स्पामजस्ता कमेन्ट्री÷रिएक्सन भिडियो बनाउने सर्जकहरूलाई प्रभावित गर्न सक्छ ।

उदाहरणस्वरूप :
-भर्चुअल स्वरुप र एआई आवाज प्रयोग गर्ने गेमिङ च्यानलहरू

  • पूर्ण रूपमा अटोमेटेड स्क्रिप्ट र भिडियो प्रणालीमा आधारित च्यानलहरू

-नक्कल वा क्लिप पुनः प्रयोग गरी बनाइएका भिडियोहरू

तर, मौलिकता कायम राख्ने भर्चुअल युट्युबरहरूका लागि भने अझै पनि मोनेटाइजेसनको बाटो खुला रहन सक्छ ।

युट्युबले यस्तो भनिरहेको छ

युट्युबका हेड अफ एडिटोरियल एन्ड क्रिएटर लिआइजन रेने रिचीका अनुसार यो “सानो अद्यावधिक” मात्र हो । उनले यी विषयहरूमा स्पष्ट पारेका छन् :

-नीति रिएक्सन भिडियो वा क्लिप प्रयोग विरुद्ध होइन

-स्पामजस्ता सामग्रीहरू पहिले नै अयोग्य थिए

-यो अद्यावधिकले केवल नीति अझ स्पष्ट बनाउने काम गर्छ

सर्जकहरूका लागि के अर्थ लाग्छ ?

यदि कसैले एआई प्रयोग गरेर मौलिक स्क्रिप्ट लेखन, भिडियो सम्पादन वा एनिमेसन जस्ता रचनात्मक काम गर्छ भने समस्या नहुन सक्छ । तर, मौलिकता बिना केवल एआईको भरमा सामग्री बनाउने गरिएको छ भने ती च्यानलको डिमोनेटाइजेसन हुनसक्छ वा वाईपीपीबाट हटाउने सम्भावना प्रबल हुन्छ । यद्यपि युट्युबले यसलाई “सानो अपडेट“ भनेको छ । यसको प्रभाव गहिरो हुन सक्छ । यो नीतिलाई भविष्यमा एआई नियमन कडा हुने संकेतको रूपमा पनि हेरिएको छ । अब युट्युबले केवल मौलिक, विश्वास गर्न लायक र मानवीय श्रममा आधारित सामग्रीहरूलाई मात्र प्रोत्साहन गर्नेछ । जसले गर्दा जुलाई १५ अघि नै सर्जकहरूले आफ्नो सामग्री पुनः मूल्याङ्कन गर्नु आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *