नेपाल बङ्गलादेशसँग पराजित

अन्तराष्ट्रिय मनराेञ्जन मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

अन्तिम समयमा सम्हालिन नसक्दा नेपाल साफ यु–२० महिला च्याम्पियनसिपमा घरेलु टोली बङ्गलादेशसँग पराजित भएको छ । ढाकास्थित बसुन्धरा किङ्स एरिना रङ्गशालामा  भएको खेलमा नेपाल बङ्गलादेशसँग ३–२ गोलले  पराजित भएकाे हाे ।

बङ्गलादेशका लागि सिन्हा जहान सिखाले १३औँ, सागोरिकाले ३६औँ र त्रिस्ना रानीले खेलको अन्तिममा गोल गरे  । नेपालका लागि अनिषा राईले ५२औँ मिनेटमा पेनाल्टीमार्फत र मिना देउवाले ८५औँ मिनेटमा गोल गरेका थिए  ।

पहिलो हाफमा २–० ले पछि परेपनि नेपालले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दे खेललाई बराबरीमा ल्याएको थियो । तर खेलको अन्तिम तथा इन्जुरी समयमा सम्हालिन नसक्दा नेपाल पराजित भयाे ।

चार टोली सहभागी च्याम्पियनसिपको पहिलो खेलमा नेपालले भुटानलाई ६–१ गोलले हराएको थियो । यस्तै बङ्गलादेशले श्रीलङ्कालाई ९–१ गोलले पराजित गरेको थियो ।

सहभागी चार टोलीले एक आपसमा दुई पटक खेलेपछि शीर्षस्थानमा रहने टोली च्याम्पियन बन्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *