नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सञ्चालन बोलपत्रको तयारी

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद सुचना/प्रबिधि

नागढुङ्गा/सिस्नेखोला सुरुङमार्ग आयोजनाले सुरुङमार्ग सञ्चालनका लागि निर्देशिका तयार भइरहेको जनाएको छ । मुलुकको यातायात पूर्वाधार क्षेत्रमा आधुनिक सवारीसाधन गुड्ने सुरुङमार्ग सञ्चालन नयाँ प्रयोग भएको हुनाले यसका लागि निर्देशिकै तयार गर्नु परेको आयोजनाले जानकारी दिएको छ ।

आयोजनाका प्रमुख सञ्जय पन्थीले ‘सेवाप्रदायकमार्फत सार्वजनिक पूर्वाधार सञ्चालन, व्यवस्थापन तथा मर्मत सेवा खरिद गर्नेसम्बन्धी निर्देशिका’ तयार गरिरहेको जानकारी दिए

उनले सुरुङमार्ग सञ्चालन गर्न सेवाप्रदायक संस्था छनोट प्रक्रिया सुरु गर्न आवश्यक कागजपत्र तयार गरी राय सुझाव तथा स्वीकृतिका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पेस गरिएको बताए  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *