इन्डोनेसियामा यात्रुबाहक फेरी दुर्घटना ४ को मृत्यु ३० बेपत्ता

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

इन्डोनेसियाको प्रसिद्ध पर्यटकीय गन्तव्य बालीतर्फ जाँदै गरेको यात्रुबाहक फेरी दुर्घटनामा परेर ४ जनाको मृत्यु भएको छ भने अझै ३० जना हराइरहेका छन्।

रूसी समाचार संस्था आरटी का अनुसार उक्त फेरी जाभाबाट बालीतर्फ जाँदै गर्दा समुद्रमा पल्टिएको हो। फेरीमा ६५ जना यात्रु सवार थिए। अहिलेसम्म ३१ जनाको उद्धार गरिएको जनाइएको छ।

समुद्रमा घण्टौँसम्म तैरिनुपरेकोले उद्धार गरिएका धेरैजना बेहोस अवस्थामा भेटिएको अधिकारीहरूले बताएका छन्। उद्धार कार्य जारी रहे पनि हराइरहेका व्यक्तिहरुको अवस्थाबारे अझै कुनै ठोस जानकारी सार्वजनिक गरिएको छैन।

हालसम्म फेरीमा सवार यात्रुहरू कुन–कुन देशका थिए भन्ने विवरण भने औपचारिक रूपमा खुलाइएको छैन। स्थानीय सुरक्षाकर्मी र उद्धार टोली घटनास्थलमा परिचालित छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *