जंगली च्याउ खाएर नवलपुरमा १६ जना बिरामी, दुई गम्भीर

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

नवलपुरमा जंगली च्याउ खाएर १६ जना बिरामी परेका छन्। जिल्लाको बुलिङटार गाउँपालिका–२ टाँडीस्वाराको जिवनज्योती चर्च मण्डलीमा साप्ताहिक प्रार्थना तथा निर्माणाधिनको भवनको भुई ढलानको लागि श्रमदान गर्ने भनि गएकाहरु जंगलबाट लिएको च्याउको तरकारी खाँदा बिरामी परेका जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।

बिरामी हुनेहरुमा सोही ठाउँका स्थानीय ५१ वर्षीया समिमाया राना, १७ वर्षीया कबिता लुङगेली, ३७ वर्षीय सिताराम गरन्जा मगर, १७ वर्षीया निशा ठाडा मगर, ४८ वर्षका कृष्ण बहादुर राना र ७८ वर्षका जसु डिसुवा मगर रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक मधु नेपालले जानकारी दिए ।

त्यसैगरी सोही ठाउँका ४५ वर्षीय एकबिर बराल, ५० वर्षीया चुलिमाया थापा, ६६ वर्षकी गनिसर राना मगर, ४० वर्षीया मनमाया लुङगेलि मगर, ३५ वर्षीया धनमाया लुङगेली, ३१ वर्षीय संजय कुमाल, ७ वर्षकी एरिना कुमाल, ५० वर्षीया रुमा गाहा मगर ४२ वर्षकी हुमाया सारु मगर र १८ वर्षीय राजन राना मगर बिरामी भएको प्रहरी नायव उपरीक्षक नेपालले जानकारी दिए ।

बिरामीमध्ये निशा ठाडा र एकवीर बरालको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। बिरामी सबैको भरतपुर अस्पताल र पुरानो मेडिकल कलेज चितवनमा उपचार भईरहेको प्रहरीको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *