६१.८१ प्रतिशत विद्यार्थी ‘ग्रेडेड’

मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

यस वर्ष माध्यमिक शिक्षा परीक्षा (एसइई)मा नियमिततर्फ ६१.८१ प्रतिशत विद्यार्थी ‘ग्रेडेड’ भएका छन्। राष्ट्रिय परीक्षा बोर्डले भर्खरै नतिजा सार्वजनिक गरेको हो।

गत २०८१ सालको चैत ७ गतेदेखि चैत १९ गतेसम्म सञ्चालन भएको एसइई परीक्षामा नियमिततर्फ चार लाख ३८ हजार ८९६ विद्यार्थी सहभागी भएका थिए। गत वर्ष ४८ प्रतिशत परीक्षार्थी ग्रेडेड भएका थिए।

बोर्डका अनुसार विभिन्न २० ओटा संस्थाको वेबसाइटमार्फत नतिजा हेर्न सकिने जनाएको छ।

‘राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट www.neb.gov.np र पनिका कक्षा १० को www.see.gov.np बाट पनि नतिजा सहज रूपमा हेर्न सकिने व्यवस्था गरिएको छ,’ बोर्डले भनेको छ।

नेपाल टेलिकम, पनिका कक्षा १० र राष्ट्रिय परीक्षा बोर्ड केन्द्रीय कार्यालयको वेबसाइटबाट परीक्षार्थीको सिम्बोल नं. र जन्ममिति राखेर ग्रेडसिट हेर्न र डाउनलोडसमेत गर्न सकिने बोर्डले जनाएको छ।

यस्तै एसएमएस र आईभीआरमार्फत पनि नतिजा हेर्न सकिने परीक्षा नियन्त्रक कार्यालय कक्षा १० ले जनाएको छ।

‘२०८१ को नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजासम्बन्धी विवरण एसएमएस, आईभीआर र वेबसाइटबाट प्रकाशित गर्न देहायबमोजिमका संस्थाहरूलाई निम्नानुसार छुट्टाछुट्टै सर्टकोड र वेबसाइट प्रयोग गर्न स्वीकृति दिइएकाले सो सर्टकोड र वेबसाइबाट माध्यमिक शिक्षा परीक्षा २०८१ को नतिजासम्बन्धी जानकारी प्राप्त गर्न सकिने बेहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ,’ एक सूचना जारी गर्दै परीक्षा नियन्त्रक कार्यालय कक्षा १० ले भनेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *