भिजिट भिसा प्रकरणमा माओवादीले वीरतापूर्वक आत्मसमर्पण गर्‍यो : राजेन्द्र लिङ्देन

अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रमुख विपक्षी दल नेकपा माओवादी केन्द्रले वीरतापूर्वक आत्मसमपर्ण गरेको आरोप लगाएका छन्। प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले माओवादी केन्द्र भिजिट भिसा प्रकरणमा सत्तापक्षसँग आत्मसमर्पण गरेको आरोप लगाएका हुन्।

‘१७-१८ दिनदेखिको जे नाटक भइरहेको थियो। त्यसमा प्रमुख प्रतिपक्षी दलले वीरतापूर्वक आत्मसमर्पण गरेको सुन्न पाइयो। माननीयज्यूले गणतन्त्रको रक्षाका लागि सदन खुलाउनुपर्ने भन्नुभयो। तर, त्यो होइन, लुटतन्त्रको रक्षाका लागि त्यसो गरिएको हो,’ अध्यक्ष लिङ्देनले भने।

उनले भिजिट भिसामा जानेहरूसँग असुली गरेर दैनिक ५० लाखसम्म असुली गर्ने कुरा चानचुने नभएको बताए। उनले अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पनि आवश्यक निर्देशन दिनुपर्ने बताए। ‘यो सिंगो देश र प्रतिष्ठाको विषय हो। यो विषयमा छानबिन हुनुपर्छ। हामीले अख्तियारलाई सजिलो बनाउने होइन। यहाँबाट माथिल्लो तहमा पनि अनुसन्धान गर्न निर्देशन दिने हो,’ उनले भने।

त्यसअघि माओवादी केन्द्रका प्रमुख सचेतकले संसद चलाउनुपर्ने र जनताको समस्याका बारेमा छलफल गर्नुपर्ने भएकाले सदन खुलाउने सहमति गरेको बताएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *