राजावादी आन्दोलनमा प्रहरी हस्तक्षेप, कमल थापा पक्राउ

मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेका राजावादी प्रदर्शनबाट कमल थापा पक्राउ परेका छन् । नारायणचौर, नक्सालमा जम्मा भएर आन्दोलनको नेतृत्व गर्दै बालुवाटारतर्फ जाँदै गर्दा थापालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका थापाले ‘भ्रष्ट सरकार मुर्दाबाद’, ‘प्रहरी दमन मुर्दाबाद’ भनिरहदाँ पनि उनलाइ प्रहरीले जबर्जस्ती भ्यानमा राखेको हो  ।

थापालाई ससम्मान रिहा नगरे भोलिबाट काठमाडौँ ठप्प पर्ने लिङ्देनको चेतावनी

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई ससम्मान नियन्त्रणमुक्त गर्न माग गरेका छन् । अन्यथा भोलिबाट काठमाडौँ ठप्प पार्ने उनले चेतावनी दिए ।आज काठमाडौंमा प्रदर्शनको क्रममा प्रहरीले थापालाई नियन्त्रणमा लिएको थियो  । त्यसपछि प्रदर्शनकारीलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले ससम्मान नियन्त्रण मुक्त गर्न माग गरेका हुन्।

उनले भने,’ हामी एक ठाउँमा भेला भएर होइन, ५० ठाउँबाट निस्किन्छौँ । कहाँ रोक्नुहुन्छ तपाईं ?  कमल थापालाई फिर्ता गर्न माग गर्दै लिङ्देनले भने, ‘कमल थापालाई अहिले यहीँ ल्याएर ससम्मान फिर्ता नगर्ने हो भने भोलिबाट काठमाडौँ उपत्यका बन्द सुरु हुन्छ ।’ उनले देशभरिबाट साथीभाइहरूलाई बोलाउने र  खास लडाइँ भोलिबाट सुरु हुने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *