डिभीको नतिजा सार्वजनिक

अमेरिकाले विश्वका विभिन्न देशका नागरिक आफ्नो मुलुकमा भित्र्याउन सञ्चालन गर्ने डाइर्भसिटी भिसा (डिभी) को नतिजा  सार्वजनिक गरेको छ। वर्ष सन् २०२६ का लागि आवेदन भरेकाको नतिजा सार्वजनिक भएको हो। नतिजा हेर्नका लागि यो लिंकमा क्लिक गरेर आवश्यक निर्देशन अनुसार हेर्न सकिन्छ। त्यसका लागि डिभी भर्दा लिइएको कन्फर्मेसन नम्बर आवश्यक पर्दछ। अमेरिकाले हरेक वर्ष हजारौँलाई डाइभर्सिटी भिसा चिठ्ठा अन्तर्गत […]

Continue Reading

दस वर्ष भयो, तुइन रहिरह्यो

केपी शर्मा ओली २०७२ असोज २५ गते पहिलो पटक प्रधानमन्त्री सम्हालेपछि मन्त्रिपरिषद्को पहिलो बैठकले गरेको पहिलो निर्णय थियो– दुई वर्षभित्र देशभरिबाटै तुइन विस्थापन गर्ने। तर १० वर्ष बित्न लाग्दा पनि उक्त निर्णयअनुरूप काम भएको छैन र सरकारले तुइन विस्थापनलाई कागजी रूपमा प्राथमिकतामा राख्न पनि छाडेको छैन। सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि ल्याएको नीति तथा […]

Continue Reading

आजकाे विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३५ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३५ रुपैयाँ ६४ पैसा कायम भएको छ। यस्तै, युरोपियन युरो एकको खरिददर १५३ रुपैयाँ १३ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८१ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिददर १७९ रुपैयाँ ५५ पैसा र […]

Continue Reading

आजदेखि कक्षा १२ को परीक्षा, सबै तयारी पूरा

राष्ट्रिय परीक्षा बोर्डले आज बिहानदेखि देशभरका परीक्षा केन्द्रबाट एकैसाथ सुरु गर्ने कक्षा १२ को परीक्षाको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । बोर्डका अध्यक्ष महाश्रम शर्माले कक्षा १२ को परीक्षाको सम्पूर्ण तयारी पूरा भएको र निर्धक्क भएर परीक्षामा सहभागी हुन सम्पूर्ण परीक्षार्थीलाई आग्रह गरेका छन्। परीक्षा बिहान ८ः०० बजेदेखि ११ः०० बजे हुने छ । आगामी […]

Continue Reading

स्मार्ट बसपार्क चाँडै सञ्चालनमा आउने

धरान उपमहानगरपालिका–८ मा निर्माणाधीन धरान स्मार्ट बसपार्क अन्तिम चरणमा पुगेको छ। करिब एक बिघा सात कट्ठामा बनिरहेको बसपार्कको हालसम्म ९८ प्रतिशत भौतिक र ९६ प्रतिशत वित्तीय प्रगति भएको छ। धरान उपमहानगरपालिकाका योजना निर्माण शाखाका इन्जिनियर प्रकाश शर्माका अनुसार सङ्घीय सरकारको ५० प्रतिशत र धरान उपमहानगरपालिकाको ५० प्रतिशत आन्तरिक स्रोतबाट बसपार्क निर्माण थालिएको थियो। ‘बिकोइ गीताञ्जली […]

Continue Reading

बाह्र विद्यालयका संस्थापकको वृद्धाश्रममा बास !

कुनैबेला लमजुङको उत्तरी क्षेत्रमा शिक्षाको ज्योति बाल्ने व्यक्ति थिए  टेकनारायण घिमिरे । हालको मस्र्याङ्दी गाउँपालिकाका १२ वटा विद्यालयको सुरुवातसँगै चितवनका तीन वटा विद्यालयमा समेत उनले अध्यापन गराए  । घिमिरेको कामै दूरदराजमा विद्यालय स्थापना गर्ने र स्थानीय बालबालिकालाई विद्यालय पुर्याउने थियो । दुर्गममा शिक्षाको ज्योति फैलाउने घिमिरे अहिले वृद्धावस्थामा वृद्धाश्रमको सहारामा पुगेका छन् । लमजुङको मस्र्याङ्दी गाउँपालिका–६, बाहुनडाँडाको लामपाटा […]

Continue Reading

नागढुङ्गा-नौबिसे सडकखण्ड रातिमा बन्द गरिने

त्रिभुवन राजपथको नागढुङ्गा-पिप्लामोड सडक निर्माण तथा सुधार गर्नुपर्ने भएकाले नागढुङ्गा-नौबिसे खण्ड यही वैशाख २२ गतेदेखि रातिमा बन्द गरिने भएको छ। नागढुङ्गा-मुग्लिङ सडक योजना (पूर्वी खण्ड) ले उक्त जानकारी गराएकाले सोहीअनुसारको व्यवस्था मिलाउने गरी आवश्यक तयारी थालिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए। नागढुङ्गा-मुग्लिङ सडक योजना (पूर्वी खण्ड) ले आज एक […]

Continue Reading

आवासीय चिकित्सकको आन्दोलन स्थगित

नेपाल चिकित्सक संघले एक महिनादेखि चलिरहेको निजी मेडिकल कलेका आवासीय चिकित्सकको आन्दोलन स्थगित गर्ने निर्णय गरेको छ।संघले शनिबार विज्ञप्ति निकाल्दै एक महिनादेखि चलिरहेको निजी मेडिकल कलेजका आवासीय चिकित्सकको आन्दोलन स्थगित गर्ने निर्णय गरेको जानकारी दिएको हो। संघले आवासीय चिकित्सकसँग शनिबार गरेको छलफलको आधारमा यस्तो निर्णय गरेको हो। मन्त्रालयले आन्दोलनरत चिकित्सका अन्य मागलाई सम्बोधन गर्न कार्यदल […]

Continue Reading

हेटौँडाको गैरीगाउँमा फसेको गाडी २४ घण्टादेखि बेपत्ता

हेटौँडा उपमहानगरपालिका वडा नं. १७ स्थित गैरीगाउँमा दलदलमा फसेको गाडी झण्डै २४ घण्टादेखि अझै फेला पर्न सकेको छैन।गैरीगाउँबाट चुच्चेखोलातर्फ आउँदै गरेको ना. ४ च. ४८३३ नम्बरको माछा बोक्ने सिङ्गल क्याप बलेरो गाडी अचानक चिप्लिन गई शुक्रबार दिउँसोबाट जमिनमा भासिएर बेपत्ताभएको हो। भित्री कच्ची सडकखण्डमा सडक नजिकै माछापालनको लागि खनेको बोरिङमा पानीसहितको खाल्डोमा माछा बोक्ने खाली […]

Continue Reading

पत्रकारलाई १० लाखको दुर्घटना बिमा

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासङ्घ म्याग्दी शाखाले जिल्लामा क्रियाशील पत्रकारहरूको सुरक्षाका लागि १० लाख रुपियाँ बराबरको दुर्घटना बिमा हस्तान्तरण गरेको छ । शनिबार शाखामा आयोजित कार्यक्रममा जिल्लाका क्रियाशील २१ जना पत्रकारको दुर्घटना बिमा तथा आर्थिक सहयोग गरिएको हो । नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशका उपाध्यक्ष प्रकाश पौडेल, शाखा अध्यक्ष हरिकृष्ण गौतम, संस्थापक […]

Continue Reading