पुटिनले युक्रेनसँगको युद्ध रोक्न नमानेपछि इयुले रूसमाथि लगायो थप प्रतिबन्ध

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी समकक्षी भ्लादिमिर पुटिनलाई युक्रेनसँगको युद्ध रोक्न मनाउन नसकेपछि युरोपियन युनियनले (इयु) मंगलबार रूसमाथि नयाँ प्रतिबन्धको प्याकेज घोषणा गरेको छ। पुटिनसँग सोमबार दुई घण्टा फोनमा कुरा गरेपछि रूसले युक्रेनमा तत्काल युद्धविराम घोषणा गर्नुपर्ने आफ्नो मागबाट ट्रम्प पछि हटे। उल्टो पुटिनको युक्रेन र रूसबीच वार्ताको आह्वानलाई समर्थन गरे। यस्तोमा युद्ध रोक्न रूसमाथि दबाव […]

Continue Reading

संरचना जोगाउन ओभरलोड गाडीको भन्सार विन्दुमै भारमिलान गराउने निर्णय

भारतीय ओभर लोड गाडीले बुटवल नारायणघाट सडक खण्डको ३ वटा पुल  ध्वस्त पारेसंगै रुपन्देही प्रशासन भारतीय ट्रकको भारमिलानको लागि कडा बनेको छ । रुपन्देहीभारतबाट नेपाल प्रवेश गरेका ओभरलोड गरेका मालवाहक सवारी साधनका कारण नेपालका सडक र पुल पुलेसा बिग्रिँदै गएको कारण रुपन्देही प्रशासन भारतीय ट्रकको भारमिलानको लागि कडा बनेको हो ।  जिल्ला प्रशासन कार्यालय रुपन्देहीका […]

Continue Reading

कुलिङ पिरियड राखिएमा राजनीति र निजामतीको सम्बन्ध तोडिने चेतावनी

राज्यव्यवस्था तथा सुशासन समितिका सीमित सांसदहरूले समग्र निजामती सेवाकै अपमानित हुने गरी संघीय निजामती सेवा विधेयकमा कुलिङ पिरियड राख्ने प्रस्ताव गरेपछि निजामती क्षेत्रका सचिव, सहसचिव, उपसचिवलगायत उच्च तहका सयौं कर्मचारीहरू विरोधमा उत्रिएका छन् । उनीहरूले कुलिङ पिरियड राखेर समग्र निजामती प्रशासनको साखा गिराउने काम गरिए भोलिका दिनमा राजनीति र निजामती प्रशासन बीचको सम्बन्ध नै तोडिन […]

Continue Reading

आज यी प्रदेशमा चट्याङ सहित वर्षाकाे संभावना

हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ ।जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रही कोशी, मधेस, बागमती र कर्णाली प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्का वर्षा भइरहेको छ। आज दिउसो देशभर आंशिक देखि साधरणतया […]

Continue Reading

आजबाट फेरि फेवातालमाथि प्याराग्लाइडिङ

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै सराङकोटबाट पश्चिमतर्फ धकेलिएको प्याराग्लाइडिङ पुनः पूर्वतर्फ सरेको छ । नागरिक उड्डयन प्राधिकरणले साविकको अवतरणस्थल खपौदी (इन्ड अफ दी लेक) मा आजबाट अवतरणका लागि अनुमति दिएको हो । पहिला सराङकोटबाट प्याराग्लाइडिङ उडान सुरू भएर फेवातालमाथि उड्दै खपौदीमा अवतरण हुन्थ्यो । विमानस्थल सञ्चालनमा आएसँगै सराङकोटबाट उडान (टेकअफ) स्थल ५ किलोमिटर हवाई दूरीमा पश्चिमतर्फ […]

Continue Reading

सहसचिव भट्टराई हाजिरीजमानीमा छुटे

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणमा रहेका गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराई बोलाएको बखत उपस्थित हुने गरी छुटेका छन् । अख्तियारले भट्टराईलाई गए राति कागज गराएर छोडेको हो । उनलाई आज अख्तियारमा उपस्थित हुन निर्देशन दिइएको छ । भिजिट भिसाको आवरणमा मानव तस्करसँग सेटिङ गरेर नेपालीलाई विभिन्न मुलुक पठाएको आरोपमा अनुसन्धानका लागि उनलाई अख्तियारले बुधबार दिउँसो […]

Continue Reading

यार्सा टिप्न शिक्षक–विद्यार्थी नै गएपछि डोल्पाका विद्यालय बन्द हुदैं

डोल्पाकाे ठुलिभेरी नगरपालिका–७ स्थित आदर्श माध्यामिक विद्यालयका शिक्षकहरु सधैंजसो बिहान १० बजे अघि नै विद्यालय पुग्छन् । तर, ७ सय ५० विद्यार्थी भएको उक्त विद्यालयमा यतिबेला विद्यार्थीको उपस्थिति भने शुन्यप्रायः छ । यार्सा संकलनको सिजन शुरु भएकाले पनि उनिहरु यतिबेला विद्यालय छोडेर पाटनतर्फ लागेका हुन् । प्रत्येक वर्षको जेठ, असार डोल्पामा यार्सागुम्बा संकलन गर्ने सिजन […]

Continue Reading

पोखरा विमानस्थल निर्माणको अनुसन्धान गर्न अख्तियारलाई संसदीय समितिको निर्देशन

प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पोखराको अध्ययन अनुगमन उपसमितिको बहुचर्चित प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोग पठाउने निर्णय गरेको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन नेतृत्वको छानविन समितिले तयार पारेको अध्ययन प्रतिवेदनमा केही भाषा शुद्धता मिलाउँदै अख्तियार पठाउने निर्णय गरेको हो । अध्यक्ष लिङदेनका अनुसार, समितिको पूर्ण बैठकले ठेक्का प्रक्रियाको प्रारम्भमै अनियमितता तथा […]

Continue Reading

कपिलवस्तुमा ३० किलोको अजिङ्गर

कपिलवस्तु नगरपालिका वडा नम्बर ६ बर्मेली शान्ति चोकमा अन्जिङगर फेला परेको छ। स्थानीय रामचन्द्र थारुको घरमा ३० किलोभन्दा बढी तौलको अजिङ्गर  फेला परेको हो। अजिङ्गर हेर्न स्थानीयबासीको भीड लाग्याे, स्थानीयले अजिङ्गरबारे जानकारी गराएपछि डिभिजन वन कार्यालयका वन संरक्षक तथा सर्प उद्धार टोलीले उद्धार गरेको छ। कार्यालयबाट सुरेन्द्र बहादुर क्षेत्रीको अगुवाइमा अजिङ्गरको उद्धार गरिएको हो। उक्त […]

Continue Reading

‘राष्ट्रिय पदमार्ग निर्माण मापदण्ड’ सबै तहका सरकारले लागू गर्ने

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन क्षेत्रको विषयगत समितिको तेस्रो बैठकले देशभरका पदमार्गहरू एउटै राष्ट्रिय मापदण्ड अनुसार निर्माण गर्ने निर्णय गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेको अध्यक्षतामा बुधवार काठमाडौंमा बसेको विषयगत समितिको तेस्रो बैठकले सबै तहका सरकारले‘राष्ट्रिय पदमार्ग निर्माण मापदण्ड’ लागू गर्ने निर्णय गरेको हो । यस बैठकले पर्यटन विकासका लागि विभिन्न […]

Continue Reading