पोखरामा बस दुर्घटना, २२ जना घाइते

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

कास्कीको पोखरा महागनरपालिका २२ मा बुधबार दिउँसो भएको दुर्घटनामा २२ जना घाइते भएका छन् । विश्व शान्ति स्तुपाबाट पोखरा फर्किंदै गर्दा घुम्तीमा ग १ ख ३८८६ नम्बरको माइक्रोबस सडकमै पल्टिएको हो ।

दुर्घटनामा २२ जना घाइते भएका छन् । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि पोखराको गण्डकी मेडिकल कलेज लगिएकाे छ ।  बसमा रहेका अधिकांश यात्रु भारतीय पर्यटक हुन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले २२ घाइते भएको ४ जनाको गम्भीर रहेको जानकारी दिदै  बाँकी चार जना यात्रु सकुशल रहेकाे बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *