प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम पारित

अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

प्रतिनिधिसभाको आजको बैठकले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ। बैठकमा सभामुख देवराज घिमिरेले नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरेका हुन ।

वैशाख १९ गते नीति तथा कार्यक्रम सदनमा प्रस्तुत भएको थियो। त्यसमा वैशाख २२ देखि २८ गतेसम्म निरन्तर छलफल भएको थियो। छलफलको अन्तिम दिन आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदले उठाएका प्रश्नहरूको जवाफ दिएका थिए ।

आजको बैठकमा नीति तथा कार्यक्रममाथि प्राप्त संशोधनलाई निर्णयार्थ प्रस्तुत गरिएको थियो। नीति तथा कार्यक्रममाथि एकल र संयुक्त गरी कुल ३७ वटा संशोधन प्रस्ताव दर्ता भएकाेमा  सबै अस्वीकृत भएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *