हेटौँडा उपमहानगरपालिका वडा नं. १७ स्थित गैरीगाउँमा दलदलमा फसेको गाडी झण्डै २४ घण्टादेखि अझै फेला पर्न सकेको छैन।गैरीगाउँबाट चुच्चेखोलातर्फ आउँदै गरेको ना. ४ च. ४८३३ नम्बरको माछा बोक्ने सिङ्गल क्याप बलेरो गाडी अचानक चिप्लिन गई शुक्रबार दिउँसोबाट जमिनमा भासिएर बेपत्ताभएको हो।
भित्री कच्ची सडकखण्डमा सडक नजिकै माछापालनको लागि खनेको बोरिङमा पानीसहितको खाल्डोमा माछा बोक्ने खाली रहेको सिङ्गल क्याप बलेरो गाडी पानीमा डुबेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरले गाडी झिक्ने प्रयास भए पनि अझै नभेटिएको र कहाँ छ भन्ने पत्ता नै नलागेको जानकारी दिएकाे छ ।
प्रहरिले दुई वडा पाइप राखेर पानी तान्ने काम भइरहेको र पानी केही घटे पनि अझै गाडी नभेटिएकोले खोजी कार्य जारी रहेको पानी कटाउने कार्य भइरहेको छ गाडी भासिएको केही बेरमा नै हराएको थियो।’
बलेरो चालक र सहचालक भने भासिनुअघि नै निस्किएर सकुशल रहेका छन्। गाडी भासिएको नजिकै माछापालन गरिएको पोखरी र बोरिङ समेत रहेकोले बोरिङका कारण जमिन भासिन पुगेको जनाइएको छ।