कान्ति लोकपथ १५ दिन बन्दहुने

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

हेटौँडा-काठमाडौँ जोड्ने कान्ति लोकपथ सडक खण्डमा सवारी आवागमन बन्द हुनेभएको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरले शुक्रबार सूचना जारी गर्दै मकवानपुरको बकैया गाउँपालिकास्थित ठिङ्गन-बगुवा सडक खण्डमा सडकको चौडाइ विस्तारका लागि सवारी आवागमन बन्द हुने जानकारी दिएको हो।

ठिङ्गन-बगुवा सडकखण्ड अन्तर्गत गङ्गटे नजिकैको भर्याङडाँडामा सडक विस्तारको लागि चट्टान कटानको कार्य गरिने भएकाले कान्ति लोकपथ सडक खण्डमा सवारी आवागमन बन्द रहने उल्लेख छ।

वैशाख १८ गतेदेखि जेठ १ गतेसम्म १५ दिन उक्त सडक खण्डमा बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म दैनिक ६ घण्टा यातायात आवागमन बन्द रहने जारी सूचनामा उल्लेख छ। सडक बन्द हुने अवधिमा काठमाडौँ-हेटौडा वा हेटौँडा-काठमाडौँ यात्रा गर्नुपर्ने सवारी साधनले वैकल्पिक मार्गको प्रयोग गर्न जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *