भ्रष्टाचारीहरूको मुटुमा ढ्याङ्ग्रो ठोक्न सिंहदरबारभित्रै प्रदर्शन गरेका हौँ : शाही

मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ज्ञानेन्द्र शाहीले भ्रष्टाचारीहरूको मुटुमा ढ्याङ्ग्रो ठोक्न सिंहदरबारभित्रै प्रदर्शन गरेको बताएका छन्।निषेधित क्षेत्र तोड्ने प्रदर्शनमा सहभागी हुने क्रममा  सिंहदरबारबाट पक्राउ परेका शाहीलगायतका नेता रिहा भैसकेका छन्। रिहा भएपछि उनले यस्तो बताएका हुन्।

‘राप्रपाको शक्ति प्रदर्शन होइन, हामीले शुभचिन्तक र राष्ट्रवादीहरूलाई आमन्त्रितसम्म गरेका थिएनौँ।  कसैलाई बोल्न नपाउने गरेर निषेधित क्षेत्र बनाउँदै जनताको मुख थुन्ने र भ्रष्टहरू रमाउने  भ्रष्टाचारीहरूको अखडा सिंहदरबारभित्रै उनीहरूकै मुटुमा गएर ढ्याङ्ग्रो बजाउनुपर्ने थियो। त्यसैले हामीले सिंहदरबार भित्रै प्रदर्शन गरेका थियाै,’  सामाजिक सन्जालमा भनेका छन्।

राप्रपाले माग्यो प्रधानमन्त्रीको राजीनामा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेको छ। ‘शिक्षक आन्दोलनको मागमा छलफलसमेत गर्न नसक्ने यो राज्य प्रणाली कतिसम्म खोक्रो र कमजोर भइसकेको छ भन्ने स्पष्ट भइसक्यो। शिक्षामन्त्रीले मात्र होइन, अब प्रधानमन्त्रीले समेत नवीन समझदारीका लागि मार्गप्रशस्त गर्ने समय आइसक्यो,’ प्रवक्ता मोहन श्रेष्ठले भनेका छन्।

संसद्को पहिलो र दोश्रो दलको गठबन्धन सरकारबाट समेत देशको विद्यमान समस्या समाधान हुन नसकेको उल्लेख गर्दै प्रवक्ता श्रेष्ठले निकट भविष्यमा केही होला भन्ने ‘उज्यालो’ पनि नदेखिएको बताएका छन्।

‘देश दिन प्रतिदिन शिथिल, जर्जर र कमजोर बन्दै गइरहेको छ। सर्वत्र बेथिति अब देशले धान्न सक्दैन। सत्ता, सरकारहरूको परिवर्तनबाट मात्रै पनि केही हुनेवाला छैन। प्रणालीगत त्रुटि सच्याउन नवीन समझदारी आवश्यक र अपरिहार्य छ,’ उनले भनेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *