चट्याङ लागेर अछामको रामारोशनमा १३ भेडा मरेका छन् । रामारोशन गाउँपालिका–६ भाटाकाटियाको किर्किटेमा परेका चट्याङले भेडा मरेका हुन् ।
भाटाकाटिया निवासी लोकबहादुर साउँदले पालेका १२ र सर्पबहादुर साउँदको एक भेडा मरेका अछाम प्रहरी प्रमुख इश्वरीप्रसाद भण्डारीले जानकारी दिए ।
चट्याङ पश्चात् नौ भेडा हराइरहेका बताइएको छ । लोकबहादुरले ९० र सर्पबहादुरले ८० भेडा पालन गर्दै आएका थिए ।