लेक लागेर पर्यटकको मृत्यु

अन्तराष्ट्रिय मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

मनाङकाे तिलिचो तालबाट फर्कने क्रममा लेक लागेर एक जना कोरियाली नागरिकको मृत्यु भएको छ । जिल्लाको ङिस्याङ गाउँपालिका-९ थोरोज खोला भन्ने स्थानमा उनको मृत्यु भएको हो ।

म्येङोक जोङ नाम गरेका पर्यटकको ज्यान गएको मनाङका  सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालले बताए । दिवङ्गत पर्यटकको शव व्यवस्थापन गर्न प्रहरी परिचालन भएको जानकारी दिदै  शव सदरमुकाम ल्याएपछि परीक्षण चामेमा गर्ने वा काठमाडौँ पठाउने भन्ने निर्णय गरिने अर्यालले बताए  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *