काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा वर्षा

मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले अहिले काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा वर्षा भइरहेको बताएको छ ।

महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार अहिले काठमाडौँ उपत्यकाको त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थल क्षेत्र र ललितपुरको फुलचोकी आसपासको क्षेत्रमा वर्षा भइरहेको छ ।

यसैगरी, कोशी प्रदेशको झापा, सुनसरी, सोलुखुम्बु क्षेत्रमा वर्षा भइरहेको छ । उनका अनुसार खासगरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको लमजुङ क्षेत्रमा मेघ गर्जनसहित वर्षा भइरहेको छ ।

उनले यो वर्षा केही बेरमा रोकिने सम्भावना रहे पनि बिहीबार र शुक्रबारसम्म नै वर्षाको सम्भावना रहेको जानकारी दिए । झा का अनुसार , “यो वर्षा एकछिन रोकिए पनि राति र बिहीबार पनि पानी पर्ने सम्भावना छ । मौसम बदली भइरहने तर वर्षा पनि भइरहने सम्भावना देखिएकाे छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *