पार्टी सभापतिमा फर्किए रवि लामिछाने
रवि लामिछाने रास्वपा सभापतिको जिम्मेवारीमा फर्किएका छन् । कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार सोमबारको बैठक लामिछानेको सभापतित्वमा बस्नेछ । झाका अनुसार सोमबार केन्द्रीय समितिको दुईवटा बैठक एकपछि अर्को गरी निरन्तर बस्नेछ । पहिलो बैठकमा कार्यवाहक सभापतिबाट धन्यवाद ज्ञापन र पार्टी सभापतिको सभापतित्वमा दोस्रो बैठक बस्ने गरी पहिलो बैठकको समापन हुनेछ । लगत्तै दोस्रो बैठक पार्टी सभापतिको सभापतित्वमा हुनेछ । […]
Continue Reading