शाहीको चेतावनी: ‘आन्दोलनको आँधीबेहरी उठ्छ, कतिको हातमा हत्कडी लगाउँछौ ?’

मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सरकारलाई आन्दोलनको ‘आँधीबेहरी’ उठ्ने चेतावनी दिएका छन्। तीनकुने घटनाबारे आफूले नबोलेको भन्दै सामाजिक संजालमा प्रश्न उठेपछि सामाजिक सञ्जालमार्फत उनले जवाफसहित सरकारमाथि गम्भीर प्रश्न उठाए। “यो दबाएर दबिने होइन, जनता र समयको माग हो। सरकार तयार भएर बसोस्, कतिको हातमा हत्कडी लगाउँछौ?” उनले लेखे।

शाहीले तीनकुने प्रदर्शनमा सहभागी नभए पनि सहकर्मीको जलेर मृत्यु भएको र प्रहरीको गोलीले साथीको हत्या भएको देखेको बताए। “आन्दोलन भड्काउन मञ्चमै अश्रुग्यास हानियो, सर्वसाधारणको घरमा लुकेर गोली बर्साइयो।” उनले भनेका छन्। उनले यो कसको षड्यन्त्र हो भन्दै प्रश्न गरे। “सरकार सफल भयो, तर देश असफल भयो।” उनले लेखेका छन्।

उनले घटनाको सत्यतथ्य छानबिनका लागि उच्चस्तरीय नागरिक आयोग गठन गर्न पनि माग गरेका छन्। “चाहे जोसुकै होस्, मान्छे मार्नेलाई उन्मुक्ति दिनुहुँदैन,” शाहीले  शान्तिपूर्ण माग राख्न पाइने अधिकारमाथि सरकारले ज्यादती गरेको आरोप छ।

“दिन एक गुना, रात चौगुनाको दरले आन्दोलन उठ्छ। म हिंसाको पक्षमा उभिँदिन, बरु राजनीतिबाट सन्यास लिन्छु,” उनले थपेका छन्। हिजो आफूमाथि सांघातिक आक्रमण हुँदा पनि शान्तिको बाटो रोजेको स्मरण गर्दै उनले ज्यान गए पनि यही मार्गमा रहने अडान दोहोर्‍याएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *