युक्रेन रुसमाथि ‘गम्भीर’ आक्रमण गर्न सक्षम छ : युक्रेनी सांसद ओलेक्सी गोन्चारेन्को

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

साउदी अरेबियामा अमेरिकी र युक्रेनी अधिकारीहरूबीच वार्ता जारी छ। यसैबीच युक्रेनी सांसद ओलेक्सी गोन्चारेन्कोले मस्कोमा रातारात गरिएको आक्रमणले युक्रेन रुसमाथि ठूलो र गम्भीर आक्रमण गर्न सक्षम रहेको प्रमाणित गरेको बताएका छन्।  गोन्चारेन्कोले भने, ‘यो स्पष्ट सन्देश हो कि हामीसँग पनि केही शक्ति छ।’

उनले डोनाल्ड ट्रम्पको हालैको भनाइ ‘जसमा ट्रम्पले शान्ति वार्तामा रुसको बढी शक्ति रहेको उल्लेख गरेका थिए’लाई लक्षित गर्दै उक्त कुरा बताएका हुन्।

साउदी अरेबियाको जेद्दामा अमेरिकी र युक्रेनी अधिकारीहरू बीचको बैठकको बारेमा गोन्चारेन्कोले यसले अमेरिका र युक्रेनबीच विश्वास पुनर्स्थापित गर्ने विश्वास व्यक्त गरेका छन्।  गोन्चारेन्कोले यस वार्तामा युक्रेनको मुख्य लक्ष्य आफ्नो देशको अखण्डता, सार्वभौमसत्ता र सुरक्षाको ग्यारेन्टी सुनिश्चित गर्नु रहेको कुरा बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *