काठमाडाैँमा असिना पानी : बागमती र गण्डकी प्रदेशमा हल्का वर्षा

मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले यतिबेला काठमाडौँ उपत्यकासहित बागमती र गण्डकी प्रदेशका जिल्लामा मेघ गर्जनसहित हल्का वर्षा भइरहेको जनाएको छ । महाशाखाका मौसमविद् प्रतिभा मानन्धरका अनुसार विगत तीन घण्टादेखि बागमती र गण्डकी प्रदेशका केही जिल्लाहरुमा वर्षा भइरहेको  छ ।

मौसमविद् मानन्धरले भनिन , “बागमती र गण्डकी प्रदेशमा अलि धेरै वर्षा भइरहेको छ।विगत तीन घण्टादेखि वर्षा भइरहेको अवस्था छ।बागमतीको काठमाडौँ वरिपरि, दोलखा लगायतका क्षेत्रमा र सोलुखुम्बुतिर पनि वर्षा भइरहेको छ।गण्डकी प्रदेशको गोरखा, लमजुङतिर वर्षाको अवस्था छ ।”

उनले अहिले मेघ गर्जन चट्याङसहित हल्का खालको वर्षा भइरहेको र साँझ पर्दै गएपछि क्रमिक सुधार हुन सक्ने आँकलन गरिएको छ । पानीसँगै काठमाडौँमा असिनासमेत परेको छ।छोटो समय असिना परेको हो।

उनका अनुसार , “अहिले एकछिन पर्ने खालको वर्षा भएको हो।साँझ पर्दै गएपछि क्रमिक रुपमा सुधार हुने देखिन्छ।बिहान जहिल्यै मौसम खुल्ने अनि राति जहिल्यै पानी पर्ने सम्भावनाहरू आगामी दिनमा पनि छ।ठुलो पानी चाहिँ पर्दैन ।”

उनले शुक्रबार पनि बिहान मौसम खुल्ने, दिउँसो हल्का वर्षा हुने र साँझ क्रमिक रूपमा सुधार हुने सम्भावना रहेको आँकलन गरिन  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *