अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा

मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाविरुद्धको अपहरण तथा हत्यासम्बन्धी मुद्दा हेर्दाहेर्दैमा राखिएको छ। सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ नसकिएपछि उनको मुद्दा हेर्दाहेर्दैमा राखिएको हो।

काभ्रेका अर्जुन लामालाई अपहरण गरी हत्या गरेको आरोप सापकोटामाथि छ। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, कुमार रेग्मी, डा.मनोजकुमार शर्मा र डा. कुमार चुडालको संवैधानिक इजलासमा सापकोटाविरुद्ध मुद्दाको सुनुवाइ जारी छ।

संवैधानिक इजलासमा सापकोटाविरुद्ध तीनवटा मुद्दा छन्। अर्जुनकी पत्नी पूर्णमाया लामा, कनकमणि दिक्षित र सुशील प्याकुरेलसहित ८ जनाले सापकोटाविरुद्ध मुद्दा दायर गरेका थिए। विसं २०६२ वैशाख १६ गते तत्कालीन माओवादीको अपहरणमा परेका लामाको दुई महिनापछि शव फेला परेको थियो।

लामाकी पत्नी पूर्णमायाले आफ्ना श्रीमानको हत्यामा नेता सापकोटा संलग्न रहेको उल्लेख गर्दै विसं २०६९ मंसिर ७ गते जिल्ला अदालत काभ्रेमा मुद्दा दायर गरेकी थिइन्। सोही मुद्दाको पुनरावेदन सर्वोच्चमा आएको हो।

यसअघि सर्वोच्चले गत असोज ९ गते हालसम्म भएका प्रगति विवरण माग गरेको थियो। तत्कालीन प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ तथा न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना मल्ल प्रधान, प्रकाश कुमार ढुंगाना र कुमार रेग्मीको इजलासले अनुसन्धानका विवरण झिकाउन आदेश गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *