आजदेखि विराट गोल्ड कप शुरू हुदै

अन्तराष्ट्रिय अर्थ मनराेञ्जन मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

विराटनगरमा आजदेखि ‘विराट गोल्ड कप’ फुटबल प्रतियोगिता आजदेखि सुरु हुदैछ । आयोजक समितिका अनुसार  शहीद रङ्गशालामा हुने प्रतियोगितामा छिमेकी राष्ट्र भारतका दुई र नेपालका विभागीयसहित १० वटा टोली सहभागी हुनेछन्। प्रतियोगिता सञ्चालन गर्न एक करोड ३५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

प्रतियोगिताको विजेतालाई नगद ११ लाख रुपैयाँ, उपविजेतालाई पाँच लाख रुपैयाँ, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई जनही १५ हजार रुपैयाँ, दैनिक हुने खेलका उत्कृष्ट खेलाडीलाई ११ हजार रुपैयाँ र सर्वोत्कृष्ट खेलाडीलाई ५१ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने संयोजक रिजालले जानकारी गराए।

प्रतियोगिताको संरक्षक र प्राविधिक सहयोगमा कोशी प्रदेश सरकार, प्रदेश खेलकुद विकास बोर्ड, विराटनगर महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद् र अखिल नेपाल फुटबल सङ्घ र मोरङ उद्योग व्यापार सङ्घ रहेका छन्। साढे ६ बजेदेखि हुने उद्घाटन खेल मोरङ र कोलकाताबीच हुने आयोजकले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *