आजकाे विदेशी मुद्रा विनिमयदर

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ ७४  पैसा र बिक्रीदर १३९ रूपैयाँ ३४ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १४४ रूपैयाँ ५६ पैसा र बिक्रीदर १४५ रूपैयाँ १९ पैसा तोकिएको छ । यस्तै, युके पाउन्ड स्ट्रलिङ […]

Continue Reading

भाेली पोखरामा अन्तर्राष्ट्रिय म्याराथन , २१ देशका १० हजार धावकले भागलिने

पोखरामा फागुन ३ गते शनिबार पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिता आयोजना हुँदैछ । नेपाली भूतपूर्व खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चले ‘पोखरामा नियमित अन्तर्राष्ट्रिय हवाई उडानको लागि दौडौँ’ भन्ने नाराका साथ आयोजना गरेको प्रतियोगिताको सम्पूर्ण तयारी भएको विहीबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो । प्रतियोगितामा २१ देशका ३ हजार १ सय ७५ जना […]

Continue Reading

२० वर्षपछि काठमाडौंमा देखियो दुर्लभ बैकालगैरी हाँस

करिब दुई दशकपछि काठमाडौं उपत्यकामा दुर्लभ जाडो आगन्तुक पक्षी बैकालगैरी हाँस फेला परेको छ।पछिल्लो पटक सन् २००५ को मे ८ मा टौदह क्षेत्रमा देखिएको यो सुन्दर जलचर पक्षी २०२५ फेब्रुअरी ११ मा ललितपुरको धापाखेलस्थित नागदहमा पुनः देखा परेको हो। बैकालगैरी हाँस मुख्य रूपमा रूस (साइबेरिया), मंगोलिया, र उत्तरपूर्वी चीनको हिउँदे भू-भागमा प्रजनन गर्छ। चिसो मौसम […]

Continue Reading

आज प्रणय दिवस, प्रेम साटासाट गरी मनाइँदै

आज फेब्रुअरी १४, प्रेम दिवस अर्थात् भ्यालेन्टाइन डे। नेपालसहित विश्वभर प्रेमिल जोडीले यस विशेष दिन उत्साहका साथ मनाउने गर्छन् । एक साता सम्म मनाइने  भ्यालेन्टाइन सप्ताहको  अन्तिम तथा  सबैभन्दा महत्त्वपूर्ण  दिनका रूपमा  आज प्रेम जोडी ले एकआपसमा  उपहार आदान/प्रदान गर्दै माया साटासाट गर्ने चलन छ। पछिल्लो समय भ्यालेन्टाइन डे विश्वभर पर्वकै रूपमा स्थापित भइसकेको छ।प्रेमका […]

Continue Reading

८१ प्रतिशतभन्दा बढी साइबर अपराध फेसबुकबाट

नेपालमा ८१ प्रतिशतभन्दा बढी अनलाइन घटना (साइबर हिंसा तथा अपराध) सामाजिक सञ्जाल फेसबुकबाट भइरहेको पाइएको छ। आर्थिक वर्ष २०८०/८१ मा ६३५ जना बालबालिकामध्ये २५३ बालक र ३८२ बालिका रहेका छन्। यस्तै अनलाइन हिंसा तथा अपराधमा महिला आठ हजार ७४५ जना महिला प्रभावित भएको तथ्याङ्क छ। सुरक्षित इन्टरनेट दिवस, २०२५ को सन्दर्भमा भ्वाइस अफ चिल्ड्रेन र इन्टरनेसनल […]

Continue Reading

नेपाल/भट्टराईविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुनेःललिता निवास जग्गा प्रकरण

बालुवाटारस्थित ललिता निवासको १ सय ३६ रोपनी सरकारी जग्गा घोटालासँग जोडिएको पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईविरुद्ध भ्रष्टाचार र लिखतसम्बन्धी कसुर (किर्ते) मुद्दा चलाउनुपर्ने मागसहित परेको रिट पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेको बिहीबारको संयुक्त इजलासले पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईविरुद्धको मुद्दा पूर्ण इजलासमा पेस हुने […]

Continue Reading

सर्लाहीमा बस दुर्घटना १५ जना घाइते

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको ईश्वरपुर नगरपालिका–१३, स्थित बाँके जङ्गलमा गएराती  बस पल्टिँदा १५ जना घाइते भएका छन् । लघुवित्त वित्तीय संस्थाविरुद्ध सङ्घर्ष समिति मधेश प्रदेशको आयोजनामा बर्दीबासमा आयोजित कार्यक्रममा सरिक भएर फर्किदै गरेका महिला सवार ना ७ ख ३६४३ नम्वरको बस बाँके जङ्गलस्थित घारिबथान जाने चोकमा अनियन्त्रित भएर पल्टिएको हो । बसमा सवार ३५ जना […]

Continue Reading

ललिता निवास जग्गा प्रकरणः दुई पूर्वप्रधानमन्त्रीविरुद्धको मुद्दा पूर्ण इजलासमा पठाइयो

ललिता निवास जग्गा प्रकरणमा दुई जना पूर्व प्रधानमन्त्रीलाई मुद्दा नचलाउने निर्णयविरुद्धको रिट पूर्ण इजलासमा पठाइएको छ।बिहीबार सर्वोच्च अदालतका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले उक्त रिटलाई पूर्ण इजलासमा पठाउन आदेश दिएको हो। ललिता निवास जग्गा हिनामिना प्रकरणमा पहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँचवर्षअघि पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा। बाबुराम भट्टराईविरुद्ध मुद्दा नचलाउने […]

Continue Reading

गाजा युद्धविराम सङ्कट समाधानमा प्रगति

यो सप्ताहन्तमा बन्धक–कैदी आदानप्रदान योजना अनुसार अगाडि बढ्ने सुनिश्चित गर्न इजरायल–हमास युद्धविराम जोगाउने प्रयासमा प्रगति भएको वार्तासँग नजिक रहेका प्यालेस्टिनी स्रोतहरूले बिहीबार जानकारी दिएका छन् । “प्रगति भएको छ”, एक स्रोतले एएफपीलाई मध्यस्थकर्ताहरूले इजरायलबाट ‘आजै बिहानदेखि मानवीय प्रोटोकल लागु गर्ने वाचा’ प्राप्त गरेको उल्लेख गर्दै भन्यो । “हमासले इजिप्टका अधिकारीहरूलाई… शनिबार इजरायलले आफ्नो प्रतिबद्धता पूरा […]

Continue Reading

अमेरिकामा रोजगारी गुमाएका तीन हजार नेपाली विद्यार्थीलाई खाद्यान्न सहयोग

अमेरिकाको टेक्सस राज्यस्थित विभिन्न विश्वविद्यालयमा अध्ययनरत कामविहीन नेपाली विद्यार्थीलाई खाद्यान्न सहयोग गरिने भएको छ ।टेक्ससको ड्यालस फोर्टवर्थ क्षेत्रमा रहेका नेपाली सामाजिक अभियानकर्मीले विद्यार्थीका लागि समुदाय कार्यक्रम नामक अभियान सुरु गरेर करिब तीन हजार नेपाली विद्यार्थीका लागि खाद्यान्न सहयोग सङ्कलन गरिरहेका छन । कामविहीन नेपाली विद्यार्थीलाई कम्तीमा एक महिनाका लागि आवश्यक पर्ने खाद्यान्नमा विद्यार्थीलाई चामल, दाल, […]

Continue Reading