महाशिवरात्रि मूल समारोह समिति गठन

पशुपति क्षेत्रमा महाशिवरात्रि पर्वलाई व्यवस्थितरूपमा सम्पन्न गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको संयोजकत्वमा दुई सय एक सदस्यीय मूल समारोह समिति गठन भएको छ । पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को अध्यक्षसमेत रहेका मन्त्री पाण्डेको सभापतित्वमा आज बसेको परिषद्को बैठकले सो समिति गठन गरेको हो । समितिअन्तर्गत नौ वटा विषयगत उपसमिति गठन गरेर पशुपति […]

Continue Reading

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत सम्पन्न

नेपाल विद्युत प्राधिकरणले विद्युतका तार अण्डर ग्राउण्ड गर्नका लागि होरिजेन्टल ड्रिलिङ गर्ने क्रममा बुधबार बबरमहलमा रहेको खानेपानीको थोक वितरण प्रणालीको फुटेको पाइप मर्मत कार्य सम्पन्न भएको छ । खानेपानीमन्त्री प्रदीप यादवको निर्देशनपश्चात् काठमाडौँमा वितरण गरिने थोक प्रणालीको उक्त पाइप अहिले करिब २० घण्टामा मर्मत कार्य सम्पन्न भएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का प्रमुख कार्यकारी […]

Continue Reading

‘डिभी लट्री’ कार्यक्रम अन्त्य गर्ने तयारी

रिपब्लिकन सांसदहरूले ‘डिभी लट्री’ कार्यक्रम अन्त्य गर्ने तयारी गरेका छन् । उनीहरूले ‘अनुहारविहीन कम्प्युटर कोड’ लाई लट्री प्रणाली मार्फत आप्रवासीहरूलाई अनियमित रूपमा भिसा वितरण गर्न अनुमति दिएर ‘राष्ट्रिय सुरक्षालाई कमजोर पार्ने’ सरकारी कार्यक्रम अन्त्य गर्न खोजिरहेको फक्स न्यूजले बताएको हो । विदेश विभागद्वारा सञ्चालित डाइभर्सिटी इमिग्रेन्ट भिसा प्रोग्राम (डिभी प्रोग्राम) ले वार्षिक रूपमा चिट्ठा आयोजना […]

Continue Reading

सर्वोच्चको आदेशविपरीत ‘जनयुद्ध दिवस’ मनाउन ३ दर्जन पालिकामा सार्वजनिक बिदा

माऔेबादीले शसस्त्र हिसात्मक  आन्दाेलन शुरूवात गरेकाे आजका दिनलाइ सर्वोच्च अदालतको आदेशविपरीत करिब ३ दर्जन पालिकाले ‘जनयुद्ध दिवस’ मनाउन सार्वजनिक बिदा दिएका छन् । कतिपय पालिकाले २०५२ मा सशस्त्र द्वन्द्व सुरु भएको दिनलाई ‘जनयुद्ध दिवस’ का रूपमा मनाउन वडा तहसम्म विभिन्न कार्यक्रम गर्दै छन् । पुष्पकमल दाहाल नेतृत्वको सरकारले २०७९ मा हरेक वर्ष फागुन १ मा ‘जनयुद्ध दिवस’ […]

Continue Reading

विद्युत् प्राधिकरणको लापरबाहीले मेलम्चीको पाइप फुट्दा ३० लाख लिटर पानी गयाे खेर

नेपाल विद्युत् प्राधिकरणले भूमिगत लाइन विस्तार गर्ने क्रममा बुधबार बबरमहलमा मेलम्चीको पाइप फुट्दा ३० लाख लिटर खानेपानी खेर गएको छ । साढे दुई मिटर गाडिएको करिब २० इन्च मोटाइको डीआई पाइपबाट चार घण्टामा लगातार पानी बग्दा बबरमहल क्षेत्र साँझसम्म जलमग्न बनेको थियो । पाइप फुटेको स्थानमा सडकसमेत भासिएको छ । जिल्ला अदालत, सडक, वनलगायतका सरकारी भवनका साथै बस्तीसमेत […]

Continue Reading

फागुनमा बैकहरू काे ब्याजदर औसतमा स्थिर

आज फागुन १ , यस महिनामा अधिकांश वाणिज्य बैङ्कको ब्याजदर स्थिर रहेको बैकहरू ले जनाएका छन् । माघको तुलनामा फागुनमा वाणिज्य बैङ्कहरूको ब्याजदर औसतमा स्थिर रहेको छ ।झन्डै डेढ वर्षदेखि वाणिज्य बैङ्कहरूले लगातार ब्याजदर घटाउँदै आएका छन् । ब्याजदर घटाए पनि कर्जा प्रवाहमा भने बढोत्तरी आउन सकेको छैन । फागुनमा दुई बैङ्कले ब्याजदर तलमाथि गरेका […]

Continue Reading

आजको मौसमः देशमा पश्चिमी वायुको आंशिक प्रभाव

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका मध्य र पूर्वी तराईका केही भागमा हुस्सु लागेको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही […]

Continue Reading

आजकाे विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ ७४ पैसा र बिक्रीदर १३९ रूपैयाँ ३४ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १४ रूपैयाँ ०६ पैसा र बिक्रीदर १४४ रूपैयाँ ६८ पैसा तोकिएको छ । यस्तै, युके पाउन्ड स्ट्रलिङ […]

Continue Reading

सन् २०२७ काे विश्व पुस्तकालय शिखर सम्मेलन नेपालमा

सन् २०२७ को विश्व पुस्तकालय शिखर सम्मेलन नेपालमा गरिने भएको छ । भारतको नयाँ दिल्लीमा सम्पन्न विश्व पुस्तकालय सम्मेलनले सन् २०२६ को सम्मेलन श्रीलङ्का र सन् २०२७ को नेपालमा गर्ने निर्णय भएको छ । नेपालमा त्यस्तो सम्मेलन गर्दा पुस्तकालय सूचना विज्ञानको प्रगति र सांस्कृतिक सम्पदा प्रदर्शन गर्न मञ्च प्रदान गर्ने जनाइएको छ । सन् २०२५ को सम्मेलनमा ज्ञान […]

Continue Reading

आज विश्व रेडियो दिवस

आज विश्व रेडियो दिवस विश्वभर विविध चेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक सङ्गठन (युनेस्को) को आह्वानमा द्रुत गतिमा परिवर्तनशील विश्वमा जलवायु परिवर्तनका कारण उत्पन्न समस्या र अनुकूलनबारे सचेतना फैलाउने रेडियो कार्यक्रम प्रसारण गरेर आज यो दिवस मनाइँदै छ । सन् २०११ मा युनेस्काेका सदस्य राष्ट्रले फेब्रुअरी १३ […]

Continue Reading