चार रुपियाँ किलोमा गोलभेँडा

सर्लाहीको थोक तरकारी बजारमा गोलभेँडा प्रतिकिलो चार रुपियाँमा झरेको छ । यसरी गोलभेँडाले मूल्य पाउन छाडेपछि सर्लाहीका किसान मारमा परेका छन् । लोकल जातको गोलभेँडा प्रतिकिलो चारदेखि छ रुपियाँ र हाइब्रिड गोलभेँडा प्रतिकिलो छदेखि आठ रुपियाँमा बिक्री भइरहेको छ । हुस्सु हटेर घाम चर्किन थालेपछि एकै पटक पाकेको गोलभेँडाले मूल्य नपाउँदा मार परेको लालबन्दी नगरपालिका–१०, […]

Continue Reading

रसुवा बन्दरगाह निर्माण कार्य अन्तिम चरणमा

उत्तरी नाका रसुवाको रसुवागढीमा निर्माणाधीन सुक्खा बन्दरगाह (डाइपोर्ट) निर्माणको काम अन्तिम चरणमा पुगेको छ । चीन सरकारको सहयोगमा निर्माणाधीन बन्दरगाह निर्माण अन्तिम चरणमा पुगेको हो । नेपाल इन्टर मोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बन्दरगाहको ७६ प्रतिशत काम सम्पन्न भएको र आगामी जुलाईभित्र पूर्ण रूपमा सम्पन्न हुने लक्ष्य राखिएको जानकारी दिए  । एउटा […]

Continue Reading

वैदेशिक रोजगारीमा जाने पन्ध्र प्रतिशतले बढे

चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो सात महिनामा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या १५ प्रतिशतले बढेको छ । वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०८०/८१ को तुलनामा चालु आव २०८१/८२ यस अवधिमा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको सङ्ख्या १४.७५ प्रतिशतले बढेको हो । गत आवको सो अवधिमा तीन लाख ९६ हजार ८११ जनाले श्रम स्वीकृति […]

Continue Reading

मयूर: सौन्दर्य, अध्यात्म र सांस्कृतिक महत्वको प्रतीक

नेपालका तराई क्षेत्रहरूमा बढी पाइने चम्किलो र रंगीन प्वाँख भएको मयूर सबैलाई मोहित पार्ने प्रकृतिको सबैभन्दा आकर्षक प्राणीमध्ये एक हो । विशेषगरी चितवन राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज र अन्य संरक्षित क्षेत्रमा पाइने यो पक्षी मुख्य रूपमा घाँसे मैदानहरू, जङ्गलका किनारहरू र कृषि क्षेत्रहरूमा पाइन्छ । सामान्यतः मयूरहरू सामूहिक रूपमा बस्छन् । लामो र रंगीन […]

Continue Reading

प्रकृति लम्साल मृत्यु प्रकरण : एक सय २६ विद्यार्थी नेपाल फर्किए

भारतको उडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल ट्रेक्नोलोजी (केआईआइटी) मा भएको तनावपछि रक्सौल नाका हुँदै एक सय २६ जना विद्यार्थी नेपाल फर्किएका छन् । केआईआइटीमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको शंकास्पद मृत्युपछि त्यहाँ अध्यनरत नेपाली विद्यार्थीहरु असुरक्षाका कारण देखाउँदै स्वदेश फर्किएका हुन् । जिल्ला प्रशासन कार्यालय पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी निशानराज गौतमले रक्सौल नाका […]

Continue Reading

रुससँग पहिलो चरणको वार्तापछि ट्रम्पको टिप्पणी: जेलेन्स्कीलाई मिल्काउने समय आयो !

साउदी अरबमा भएको अमेरिका-रुस पहिलो चरणको वार्तापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन र त्यहाँका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीविरुद्ध कठोर अभिव्यक्ति दिएका छन् । उनले रुससँग युद्ध शुरू गरेर हजारौं मान्छेको ज्यान लिएको भन्दै जेलेन्स्कीमाथि आक्रोश पोखे । यससँगै युक्रेनमा समयमा राष्ट्रपति निर्वाचन नभएको भन्दै उनले जेलेन्स्कीको वैधतामाथि पनि प्रश्न उठाएका छन् । ‘युक्रेनमा निर्वाचन गर्ने बेला […]

Continue Reading

बृहद् दोलखा महोत्सव सुरु

दोलखामा आजदेखि १३ दिने बृहत दोलखा महोत्सव सुरु भएको छ । सदरमुकाम चरिकोट स्थित टुँडिखेलमा जारी महोत्सवको बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले हिजो मंगलबार उद्घाटन गरेका छन। मुलुकको आर्थिक समृद्धिको लागि मेला, महोत्सव कोशेढुङा सावित हुने मुख्य मन्त्री लामाले नागरिकको सभालाई सम्बोधन गर्दै भने, चीनको फलाक ( दोलखाको चरिकोट (महोत्तरीको जलेश्वर नाका हुँदै भारतसम्म जोड्ने […]

Continue Reading

पतौरामा भेटियो गुप्तकालका अर्को मन्दिर

रौतहटको मौलापुर नगरपालिका पतौरामा गुप्तकालिन ऐतिहासिक अर्को मन्दिर फेला परेको छ । पतौरामा यस अघि नै कर्नाटककालको शिवमन्दिरको अवशेषहरु फेला परेको थियो । जहाँ अहिले प्रत्येक बर्ष महाशिवरात्रीमा मेला लाग्ने गरेको छ । मौलापुर नगरपालिकाका मेयर रिनाकुमारी साहले फेरी अर्को गुप्तकालिन मन्दिर फेला परेको जनाएकी छन् । पुरातात्विक विभागको उत्खनन पश्चात गुप्तकालिन मन्दिर फेला परेको […]

Continue Reading

पूर्वराजाको सम्बोधनले हौस्यायो दुई राप्रपा

प्रजातन्त्र दिवस (फागुन ७) को पूर्वसन्ध्यामा एक सन्देश जारी गर्दै पूर्वराजा ज्ञानेन्द्रले आफ्नो त्यागलाई कमजोरी नठान्न चेतावनी मात्रै दिएनन्, देश जोगाउनका लागि आफूलाई साथ दिन आह्वान गरे। यसपछि दुई राजावादी दल राप्रपा र राप्रपा नेपाल हौसिएका छन्। पूर्वराजाको सम्बोधनलाई सकारात्मक रूपमा लिनुपर्ने भन्दै उनीहरूले अब सम्पूर्ण देशभक्त एकजुट हुनुपर्ने बेला भएको बताएका छन्।    राप्रपाको […]

Continue Reading

नेपाललाई संघीयता सम्बन्धमा दिइएको सहायताबारे ट्रम्प आक्रोशित, भने- यो ठगी हो

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालमा दिइएको सहायतालाई ठगीको रूपमा व्याख्या गरेका छन्। ह्वाइट हाउसमा भएको पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले नेपाललाई संघीयता सम्बन्धमा दिइएको सहायतालाई ठगी भएको बताएका हुन्। उनले नेपाललाई संघीयताका लागि दिइएको २० मिलियन अमेरिकी डलर ठगी भएको बताएका हुन्। ‘नेपाललाई २० मिलियन डलर संघीयताका लागि दिइएको छ। यो सरासर ठगी हो,’ उनले भने। […]

Continue Reading