विदेशीको बुइ चढेर ल्याएको गणतन्त्र लुटतन्त्रमा परिणत : लिङदेन

अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले गणतन्त्रको विरोध गर्नु प्रजातन्त्रको विरोध गर्नुजस्तो भाष्य बनाउन खोजिएको बताएका छन् ।

प्रतिनिधिसभा बैठकमा लिङदेनले आफू निरन्तर गणतन्त्रको विरोधमा उभिइरहने भन्दै गणतन्त्रको विरोध गर्नु प्रजातन्त्रको विरोध गर्नुजस्तो भाष्य बनाउन खोजिएको बताए ।  पूर्वराजालाई कुनै नै कुनै स्पेस दिनुपर्ने र राजासहितको प्रजातन्त्र हुनुपर्छ भन्ने मान्यता राप्रपाको रहेको उनले बताए ।

उनले लडेर वा विदेशीको बुइ चढेर ल्याएको गणतन्त्र लुटतन्त्रमा परिणत हुन्छ भने निरन्तर विरोध गरिराख्ने उल्लेख गरे ।त्यस्तै, लिङदेनले पाथीभरामा केबलकार निर्माणको विषयलाई लिएर ताप्लेजुङको फुङलिङ क्षेत्र अशान्त रहेको भन्दै राजनीतिक दलले अन्देखा गरिरहेको र व्यापारिक स्वार्थका लागि भाइ–भाइ लडाउने काम भएको आरोप लगाए । उनले पाथीभरामा केबलकार निर्माणलाई रोक्दै समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *