राति झडप, बिहानदेखि निषेधाज्ञा

अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

केबलकार निर्माणको विषयलाई बढेको विवादपछि ताप्लेजुङको सदरमुकाम फुङलिङ र काफ्लेपाटी क्षेत्रमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । आज बिहान ५ बजेदेखि जारी निषेधाज्ञामा पाँच जनाभन्दा बढी भेला हुन नपाइने, सभा जुलुस, घेराउ गर्न पनि पाइने छैन ।

सदरमुकाम फुङलिङ, काफ्लेपाटीदेखि बलुडाँडा र केबलकार स्टेशन क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । यसअघि हिजो बेलुकी सदरमुकाम क्षेत्रमा केबलकार विरोधी समूह र प्रहरीबीच भएको झडपमा एक दर्जन घाइते भएका छन् । घाइतेमध्ये तीन जनालाई धरान लगिएको छ ।

हिजै दिउँसो राष्ट्रिय मुक्ति पार्टी (नेपाल) का अध्यक्ष राजेन्द्र महतोलाई ताप्लेजुङका स्थानीयले कालो झण्डा देखाएका थिए । ‘नो केबलकार समूह’को  कार्यक्रममा सहभागी भएका उनलाई सदरमुकाममा कालो झण्डा देखाएका हुन् । महतोमाथि सामाजिक अमनचयन भाँड्न खोजेको आरोप स्थानीयले लगाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *