सरकारसँग एलपी ग्यास उद्योग संघको १९ बुँदे माग, सम्बोधन नभए उद्योग बन्द गर्ने

अर्थ मुख्य समाचार समाचार सुचना/प्रबिधि

नेपाल एलपी ग्यास उद्योग संघले १९ बुँदे माग राख्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । संघले पत्रकार सम्मेलन गर्दै १९ बुँदे माग सहित आन्दोलनको घोषणा गरेकाे हाे  माग सम्बोधन नभए थप कार्यक्रम सार्वजनिक गर्ने चेतावनी समेत दिएको छ ।

पत्रकार सम्मेलनमा संघका अध्यक्ष शिव घिमिरेले नेपालमा ५९ उद्योगहरु सञ्चालन रहेको जानकारी दिँदै नेपालमा विस्फोटक ऐन कानून र नियमन निकाय नहुँदा भारतको ऐन नियमअनुसार भारतबाटै ईजाजत लिई उद्योग सञ्चालन गर्नुपरेको बताए।

नेपाली ढुवानी साधन नहुँदा बार्सिक खर्बौं रुपैयाँ विदेशीएको बताउँदै  घिमिरेले एकतर्फी ढंगबाट लगानीको सरक्षणको सट्टा निरुत्साहित गर्ने सरकारको रणनीति रही रहेमा उद्योग संचालनलाई निरन्तरता दिन नसक्ने बताए ।

संघले माघ ३० गतेदेखि देशभरका ५९ वटै एलपी ग्याँस उद्योगहरुले नेपाल आयल निगमबाट प्रोडक्ट डेलिभरी अडर (पीडीओ) खरिद नगर्ने नगराउने, फागुन १ गते देखि ५ गतेसम्म सबै ग्याँस उद्योगहरुले विरोधका कार्यक्रमहरुबारे स्थानीय सबै संघ संस्था सञ्चार माध्यमहरुमार्फत र केन्द्रमा ग्याँस उद्योग संघले प्रचारप्रसार गर्ने, फागुन ६ गतेदेखि इण्डियन आयलका ग्याँस बुलेट लोड नगर्ने नगराउने, फागुन १२ गतेदेखि नेपालका लागि लोड भएर आयका कुनै पनि ग्याँस बुलेटहरु कुनैपनि भन्सार नाकाबाट नछुटाउने जनाएको छ ।

माग सम्बोधन नभए फागुन १८ गतेदेखि नेपालका सबै ५९ उद्योगहरु अनिश्चितकालिन बन्द गर्ने चेतावनी संघको छ । अध्यक्ष घिमिरेले फाल्गुण २२ गतेदेखि देशभरका ग्यास विक्रेता डिपो बन्द गर्ने उल्लेख गरे । नेपाल सरकारले ग्याँस प्रयोगको सुरक्षासम्बन्धी जनचेतना कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने माग गर्दै उनले एलपी ग्याँस दुर्घटना रोक्न, कमसल पाइप तथा रेगुलेटर प्रयोगमा कडाइ गर्न र सुरक्षासम्बन्धी नियम पालना गराउन कानूनी व्यवस्था लागू गरिनुपर्ने माग राखे ।

विगत ६ वर्षदेखि डिलर कमिसन, ढुवानी, ओभरहेड खर्च वृद्धि नभएकोले तत्कालै वृद्धि हुनुपर्ने र हरेक वर्ष मुद्रास्फिती दरअनुसार समायोजन गर्ने व्यवस्था गर्नुपर्ने माग गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *