बाबा कालीदासलाई महामण्डलेश्वरको उपाधि

मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

धार्मिक अभियन्ता बाबा कालीदास स्वामी कृष्णानन्द परमहंसलाई महामण्डेश्वरको उपाधि प्रदान गरिएको छ। भारतको प्रयागराजमा निरञ्जनी अखाडाबाट बाबा कालीदासलाई महामण्डलेश्वरको उपाधि प्राप्त भएको हो।

पण्डित बाबुराम शर्माका अनुसार महाकुम्भ मेलामा सहभागी हुन प्रयागराज पुगेका बाबा कालीदासलाई भारतका १३ वटै अखाडाका अध्यक्ष पनि सहभागी कार्यक्रममा निरञ्जनी अखाडाका तर्फबाट उपाधि प्रदान गरिएको हो।

नेपालमा जन्मिएका  कालीबाबा भारतलाई कर्मथलो बनाएर ध्यान, साधना र धार्मिक अभियानमा छन् । उनले ४५ वर्षदेखि नरिवल पानी  मात्रै खाने गरेका र  नरिवल पानी नपाए फलफूलको रस खाइ जिवन चलाउछन् । उनले भने, “निरन्तर शिव साधनामा तल्लीन हुँदा साधनाका क्रममा अन्न छोड्ने भाव आयो। त्यसैले नरिवल पानी मात्रै ग्रहण गर्न सुरु गरेको हुँ।”

उनले महामण्डलेश्वरको उपाधि प्राप्त हुँदा गौरव लागेको बताउँदै नेपाल र भारतबिच जनस्तरमा रहेको सम्बन्धलाई अब नेपालको समुन्नति, आर्थिक विकास, धार्मिक जागरण र सद्भाव वृद्धि गर्नेगरी अघि बढाउन प्रयत्नशील रहने बताए ।

कार्यक्रममा पिठाधीश्वेर महामण्डलेश्वर आचार्य कैलाशानन्द गिरीले नेपालमा धार्मिक जागरण ल्याउन, पर्यटन प्रवर्द्धन गर्न र आर्थिक विकास गर्न भारतको धार्मिक एवं आध्यात्मिक क्षेत्र सधैँ तयार रहेको बताए ।

साथै उनले महामण्डलेश्वरको उपाधि मानवता र मौलिक सिद्धान्तप्रति अडिग रहनेलाई प्रदान गरिने बताउँदै बाबा कालीदासले नेपाल, भारतसहित विश्वका विभिन्न देशमा धार्मिक र आध्यात्मिक जागरण फैलाउन अनवरत काम गरेकाले उक्त सम्मान प्रदान गरिएको बताए ।

कार्यक्रममा अखिल भारतीय अखाडा परिषद्का राष्ट्रिय अध्यक्ष महन्थ रवीन्द्र पुरीले नेपाल र भारतबिच प्राचीन समयदेखि रहँदै आएको सामाजिक, सांस्कृतिक एवं आर्थिक सम्बन्धलाई अझै प्रगाढ बनाउनुपर्ने बताए । निरञ्जनी अखाडाको स्थापना वि.सं. ९६० मा भएको हो। अहिले उक्त अखाडाको मुख्यालय तीर्थराज प्रयागमा रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *