सामाजिक सञ्जाल प्लेटफर्मलाई दर्तागर्न आग्रह

मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जाल प्लेटफर्मलाई दर्ता हुन आग्रह गरेको छ । मन्त्रालयले सामाजिक सञ्जाल प्रयोगलाई व्यवस्थित बनाउन दर्ता गर्न लागिएको जनाएको छ ।

सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० को दफा ३ मा सामाजिक सञ्जाल सञ्चालन गर्न चाहने वा सञ्चालनमा रहेका व्यक्ति, कम्पनी वा संस्थाले मन्त्रालयमा सूचीकरण हुनुपर्ने व्यवस्था छ । निर्देशिका पालना नभएमा सामाजिक सञ्जाल प्लेटफर्मलाई मुलुकभित्र सञ्चालनमा रोक लगाउन सक्ने जनाउँदै मन्त्रालयले सोहीबमोजिम गर्न गराउन भनेको छ ।

गत वर्ष भदौ ६ गतेको क्याबिनेट बैठकले मुलुकभित्र सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालनका निम्ति दर्ता हुनुपर्ने व्यवस्था गरेको थियो । सामाजिक सञ्जाल प्लेटफर्महरुले इन्टरनेट सुरक्षा र डिजिटल साक्षरता कार्यक्रम सञ्चालन गर्ने, शिक्षण संस्थामा शैक्षिक गुणस्तर सुधार गर्न र नेपाली भाषा तथा अन्य राष्ट्र भाषाको स्रोत परिचालन गरी विषयवस्तु (कन्टेन्ट) फिल्टरिङ् एवं मोडरेसनलाई प्रभावकारी बनाउने, सामाजिक सद्भाव बिगार्ने तथा अश्लिलता फैलाउने विषयवस्तु हटाउन सहयोग गर्ने र विद्युतीय अपराध नियन्त्रणमा सहयोग पुर्याउने गरी सामाजिक सञ्जाल प्लेटफर्मलाई थप जिम्मेवारी तोकिएको हुँदा सोहीबमोजिम गर्न गराउन सरकारले दर्ताको प्रक्रिया अघि बढाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *