बार्सिलोना सुपर कपको फाइनलमा

बार्सिलोना स्पेनिस सुपर कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।साउदी अरेबियामा बुधबार राति भएएको खेलमा बार्सिलोनाले एट्लेटिक बिल्बाओलाई २–० गोलले हराउँदै फाइनलमा स्थान बनाएको हो । बार्सिलोनाको जितमा गाभी र लामिन यामलले गाेल गरेका थिए । १७औँ मिनेटमा गाभीको गोलमा अग्रता लिएको बार्सिलोनाका लागि यामलले ५२औँ मिनेटमा गोल गर्दै सहज जित दिलाए  । उपाधिका लागि बार्सिलोनाले रियल […]

Continue Reading

साफ च्याम्पिनसिपको मिति तय

दक्षिण एसियाली फुटबलको ठुलो प्रतियोगिता साफ च्याम्पियनसिपको मिति सार्वजनिक भएको छ ।दक्षिण एसियाली फु्टबल महासङ्घ (साफ) ले १५औँ संस्करणको साफ च्याम्पियनसिप आगामी जुन १५ देखि जुलाई २५ तारिखसम्म सञ्चालन गर्ने साफ कार्यकारी समितिको बैठकले निर्णय गरेको हो । बैठकले साफको यस संस्करण होम एन्ड अवे प्रणालीमा गर्ने निर्णय पनि गरेको छ । च्याम्पियनसिप आयोजना स्थल […]

Continue Reading

जय ट्रफी : मधेशमाथि पुलिसको सानदार जित

जय ट्रफी मेन्स एलाइट कप’ अन्तर्गत बिहीबार विभागीय टोली नेपाल पुलिस क्लबले मधेश प्रदेशविरुद्ध सानदार जित निकालेको छ ।वीरगन्जस्थित नरायाणी क्रिकेट मैदानमा भएको खेलमा पुलिसले मधेशमाथि एक इनिङ्स र ३५ रनको जित निकालेको हो । दोस्रो इनिङमा मधेश ३२.२ ओभरमा सबै विकेट गुमाएर ९४ रनमै समेटिएपछि पुलिसले फेरि ब्याटिङ गर्नुपरेन । मधेशका लागि विशाल पटेलले २७, मायन यादवले २२ र […]

Continue Reading

हरिवंशको ‘भूठान’ वैशाख १२ मा आउने

नेपालका सर्वाधिक लोकप्रिय कलाकार हरिवंश आचार्यले मुख्य भूमिका निर्वाह गरेको चलचित्र ‘भूठान’ २०८२ वैशाख १२ मा प्रदर्शन हुने भएको छ । अंग्रेजीमा ‘द वल्र्डस् ह्याप्पिएस्ट म्यान’ नाम रहेको यो चलचित्रको मुख्य भूमिकामा हरिवंश आचार्य साथै दयाहाङ राई, अनुराधा मजुमदार, पूजा चन्द–लामा, रिचा घिमिरे, जोएस पाण्डे, ,अदिति प्याकुरेल, टम क्रेन, विमल सुवेदी साथै हलिउडका विश्वविख्यात अभिनेता बु्रस […]

Continue Reading

सिरियालाई सात करोड ३० लाख डलर सहयोग गर्न संयुक्त राष्ट्रसङ्घको आग्रह

वर्षौंको गृहयुद्ध र दशकौँको तानाशाहीपछि देश सङ्क्रमणकालमा हुँदा संयुक्त राष्ट्रसङ्घको आप्रवासन एजेन्सीले बिहीबार सिरियाका लागि सात करोड ३० लाख डलरभन्दा बढी सहयोगको अपिल गरेको छ । संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आइओएम) ले आगामी छ महिनामा सिरियाभरका ११ लाख मानिसलाई सहयोग गर्ने लक्ष्यका साथ सिरियाका लागि गत महिना सुरु गरिएको तीन करोड डलरबाट सात करोड […]

Continue Reading

तिब्बतमा भूकम्पपछि एक हजार २११ परकम्पन

दक्षिण-पश्चिम चीनको स्वायत्त क्षेत्र तिब्बतको तिङ्ग्री काउन्टीमा मङ्गलबार बिहान आएको ६.८ म्याग्निच्युडको भूकम्पपछि बिहीबार अपराह्न ३ः०० बजेसम्म कुल एक हजार २११ वटा परकम्पनहरू पत्ता लागेको क्षेत्रीय सरकारले जनाएको छ । चीनको दक्षिणपश्चिमी क्षेत्र सिजाङ स्वायत्त क्षेत्रको डिङ्ग्री काउन्टीमा मङ्गलबार ६.८ म्याग्निच्युडको भूकम्प गएको स्थानीय अधिकारीले बताएका छन् । भूकम्पका कारण १२६ जनाको मृत्यु हुनुका साथै […]

Continue Reading

‘प्रतिबन्धित भिटामिन र खनिज मिश्रित औषधि बिक्री गरे कारबाही’

प्रतिबन्धित भिटामिन र खनिज मिश्रित औषधि बिक्री वितरण गरेको पाइए स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको औषधि व्यवस्था विभागले कारबाही गर्ने भएको छ ।विभागले औषधिपुरक सामग्री बिक्री वितरणसम्बन्धी सूचना जारी गर्दै विभागमा दर्ता नभएका र नेपाल सरकारबाट प्रतिबन्धित औषधि बिक्री वितरण भइरहेको पाइएकाले यस्ता औषधि बिक्री वितरण अविलम्ब रोक्न आग्रह गरेको हो । विभागका महानिर्देशक नारायणप्रसाद ढकालले […]

Continue Reading

सूर्यदर्शन सहकारी ठगी प्रकरण धरौटी रकम ?

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । न्यायाधीश नीतिज राईको इजलासमा भएको थुनछेक बहसपछि अदालतले बिहीबार लामिछानेलाई रिहा गर्न आदेश दिएको हो । लामिछानेसँग अदालतले ६५ लाख रुपैयाँ धरौटी माग गरेको छ । त्यस्तै, छविलाल जोशीलाई पनि धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको […]

Continue Reading

रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश

कास्की जिल्ला अदालतले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । रविलाई ६५ लाख धरौटीमा छाड्न अदालतले आदेश दिएको हो । न्यायाधीश नीतिज राईको इजलासमा भएको थुनछेक बहसपछि अदालतले बिहीबार उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । सहकारीको बचत रकम अपचलन मुद्दामा  बहस आजै सकिएको थियो । […]

Continue Reading

लस एन्जलसको जंगलमा लागेको डढेलो नियन्त्रणबाहिर 

लस एन्जलसको उपनगरीय क्षेत्रमा जंगली डढेलोको असर पर्न थालेपछि त्यस भेगका दसौँ हजार मानिस आफ्ना घरबाट भागेका छन् । अमेरिकी मिडियाका अनुसार उच्च वर्गीय प्यासिफिक पालिसेड्स बस्तीनजिकै आगो निभाउने क्रममा कम्तीमा एक दमकलकर्मी घाइते भएका छन् । केही अन्य मानिस जलेको खबर आएको छ । भयानक हुरीले आगोलाई फैलाएकाले डढेलो नयाँ स्थानतर्फ पनि सल्किँदै गएको छ । डढेलोको कारण […]

Continue Reading