‘हश’ मनी मुद्धामा ट्रम्पको सजाय रोक्न सर्वोच्च अदालतद्वारा अस्वीकार

अमेरिकी सर्वोच्च अदालतले शुक्रबार हश(मौन बस्न दिइएको रकम)मनी मुद्दामा डोनाल्ड ट्रम्पको सजाय रोक्न अस्वीकार गरेको छ।नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले सर्वोच्च अदालतलाई सजाय रोक्न अपील गरेका थिए। यसमा सर्वोच्च अदालतका न्यायाधीशहरूले  ट्रम्पको अनुरोधलाई अस्वीकार गरेका हुन्। सन् २०१६ मा डोनाल्ड ट्रम्पले पोर्नस्टार स्टोर्मी डेनियल्सलाई चुप बस्न १,३०,००० डलर दिएका थिए। ट्रम्पलाई सोही मुद्धामा दोषी ठहराइएको थियो।मुद्दाको […]

Continue Reading

सन् २०२४ : दक्षिण एसियाली देशमा राजनीतिक उथलपुथल

अंग्रेजी नयाँ वर्ष २०२५ को सुरुवात भइसकेको छ। तर, सन् २०२४ को समग्र विश्लेषण गर्ने हो भने, एसियाली देशहरूमा राजनीतिक उथल पुथल भएको देख्न सकिन्छ। कतिपय देशमा जारी युद्धले विश्वकै ध्यान तानेको छ। एसियाका केही देशहरूमा देखिएको राजनीतिक परिदृश्य, आर्थिक चुनौती र बढ्दो सुरक्षा जोखिमका विषयमा यहाँ चर्चा गरिएको छ। पाकिस्तानमा विशाल प्रदर्शन र आतंकवादी […]

Continue Reading

दुम्किबासमा पुल भासिँदा पूर्व पश्चिम राजमार्ग अवरुद्ध

 पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको दुम्किबासमा पुल भासिँदा राजमार्ग अवरुद्ध बनेको छ। शुक्रबार साँझ सवा ५ बजे पुल भासिँदा राजमार्ग अवरुद्ध बनेको इलाका प्रहरी कार्यालय दुम्किवासका प्रहरी निरीक्षक राजन प्रसाद तिम्सिनाले बताए। उनका अनुसार पुल भासिएपछि बाटो पूर्ण रूपमा अवरुद्ध भएको छ। वैकल्पिक बाटो बनाएर यातायात सञ्चालन गर्ने तयारी भइरहेको उनले बताए। ‘केही समय लाग्छ। हामी विकल्प […]

Continue Reading

अरुण तेस्रो आयोजनाबाट ४ सय परिवारले मुआब्जा पाउने

सङ्खुवासभाको मकालु गाउँपालिकामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको काम झन्डै ८० प्रतिशत सकिएपछि करिब चार सय परिवारले छुट जमिनको मुआब्जा पाउने भएका छन् । जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले २०७९ चैत २३ गते प्रकाशन गरेको सूचनाअनुसार एक महिनाभित्र भुक्तानी दिन सर्वोच्च अदालतले  परमादेश जारी गरेको छ । त्यति बेला जिल्ला प्रशासनले छ्याङ्कुटीबाट […]

Continue Reading

लस एन्जलस डढेलो : १० जनाको मृत्य, अझै फैलिन सक्ने अनुमान

क्यालिफोर्नियाको लस एन्जलसमा फैलिएको भीषण डढेलोका कारण १० जनाको मृत्यु भएको छ । आगलागी बाट आक्रान्त बनेको लस एन्जलस र राउण्डका क्षेत्रमा क्यालिफोर्नियाको नेसनल गार्डका सैनिकहरुलाई परिचालन गर्ने तयारी गरिरहेको अधिकारीले बताएका छन् । लस एन्जलस काउन्टी मेडिकल एक्जामिनरले बिहीबार अबेर १० जनाको मृत्यु भएको र संयुक्त राज्य अमेरिकाको दोस्रो ठूलो शहरको ठूलो भाग भग्नावशेषमा […]

Continue Reading

विपिनको रिहाइका लागि कतार र इजिप्ट सरकारसँग अपिल

नेपाल सरकारले हमास समूहको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतार र इजिप्ट सरकारसँग पुनः आग्रह गरेको छ ।नेपाल सरकारले नेपालका लागि इजिप्ट र कतारका राजदूतमार्फत दुबै देशसँग विपिनको रिहाइका लागि विशेष पहल गरिदिन पुनः आग्रह गरेको हो । हमास समूहले आफ्नो नियन्त्रणमा रहेकामध्ये ३४ जनालाई अपहरण मुक्त गर्न लागेको भन्ने […]

Continue Reading

आजको मौसम

पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । तराईका केही भूभागहरूमा हुस्सु तथा कुहिरो लागेको अवस्था छ । कोशी प्रदेश– दिउँसो हिमाली क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ । पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना […]

Continue Reading

टीकापुर नगर विकासको जग्गा घोटाला: अध्यक्ष जैसी सहित ११ जना दोषी ठहर

विशेष अदालत काठमाडौँले टीकापुर नगर विकास समितिको जग्गा नक्कली कागजातका आधारमा गैर कानुनी तवरले व्यक्ति विशेषका नाममा हक हस्तान्तरण गरी भ्रष्टाचार गरेको अभियोगमा ८७ जनालाई दोषी ठहर गरेको छ । २०८१ पुस २५ गते विशेष अदालतमा टेकनारायण कुँवर, तेजनारायण सिंह राई र रितेन्द्र थापाको  इजलासले नेपाल सरकार वादी र नेत्रप्रसाद जैसी समेत २४९ जना प्रतिवादी भएको […]

Continue Reading

रवि लामिछाने धरौटीमा रिहा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति, निलम्बित सासंद, एवम् पूर्व गृहमन्त्री रवि लामिछाने ६५ लाख धरौटी राखेर बिहीबार साँझ रिहा भएका छन् । यसअघि हिजै लामिछाने जोडिएको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी मुद्दामा कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले ६५ लाख धरौटी माग गरेको थियाे । रास्वपा नेता डीपी अर्यालले काठमाडौं जिल्ला अदालतमा उपस्थित […]

Continue Reading

‘फ्लाई ओभर’ अन्ततः ‘ओभर पास’

ललितपुरको ग्वार्को क्षेत्रको यातायात सहजीकरण तथा ट्राफिक व्यवस्थापन गर्ने उद्देश्यसहित चक्रपथमा निर्माणाधीन भौतिक संरचना ‘फ्लाई ओभर’ नभई ‘ओभर पास’ रहेको संरचना ‘ओभर पास’ रहेको सम्बन्धित प्राविधिकले बताएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव ई. केशवकुमार शर्माले ग्वार्कोमा निर्माणाधीन भौतिक संरचनालाई बोलचालको भाषामा ‘फ्लाई ओभर’ भन्ने गरिए पनि प्राविधिक रूपले त्यो ‘ओभर पास’ भएको स्पष्ट […]

Continue Reading