माघ तेस्रो साता संसद् अधिवेशन बोलाउने तयारी

सरकारले माघको तेस्रो साता संसद् अधिवेशन बोलाउने तयारी गरेको छ । विपक्षी दलहरूले संसद्को विशेष अधिवेशन बोलाउन माग गर्ने बताइरहेका बेला सरकारले भने माघ तेस्रो साता अधिवेशन बोलाउने तयारी गरेको हो । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले माघको १८ वा २० गतेका लागि संसद् अधिवेशन बोलाउन दलहरूबीच सल्लाह भइरहेको बताए । यसअघि शुक्रबार प्रधानमन्त्री […]

Continue Reading

रामदेवविरुद्ध पक्राउ पुर्जी जारी

भारतको एक अदालतले योगगुरु रामदेवविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । रामदेव र उनका सहयोगी आचार्य बालकृष्णविरुद्ध पक्राउ पुर्जी जारी भएको टेलिग्राफ इन्डियाले जनाएको छ । रामदेवको पतञ्जलि आयुर्वेदिक कम्पनीले औषधिबारे भ्रामक विज्ञापन गरेको भन्दै उजुरी परेको थियो । सोही विषयमा रामदेव र बालकृष्णविरुद्ध पक्राउ पुर्जी जारी गरिएको हो । पालक्कड जिल्ला अदालतले यी दुईविरुद्ध […]

Continue Reading

हमासले तीन बन्धक छाड्दै

काठमाडौं । प्यालेस्टाइनी लडाकु समूह हमासले रिहा गर्ने तीन बन्धकको नाम इजरायल पठाएको छ । हमासले रिहा गर्ने तीन महिला बन्धकको नाम सार्वजनिक गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । हमासले रोमी गोनेन, इमिली दामरी र दुरुन स्टेनब्रीचरलाई रिहा गर्ने जनाएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले हमासले रिहा गर्ने बन्धकको नाम नपठाउँदासम्म गाजामाथि आक्रमण नरोक्ने […]

Continue Reading

एकतालाई निष्कर्षमा पुर्‍याउन लोसपाले बनायो उच्चस्तरीय समिति

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले एकताको संवादलाई छिटोछरितो निष्कर्षमा पुर्‍याउन उच्चस्तरीय वार्ता समिति बनाएको छ । पार्टीका वरिष्ठ सह–अध्यक्ष सर्वेन्द्र नाथ शुक्ल र वरिष्ठ उपाध्यक्ष लक्ष्मणलाल कर्ण सदस्य रहने गरी उच्चस्तरीय वार्ता समिति गठन गरिएको अध्यक्ष महन्थ ठाकुरले विज्ञप्तिमार्फत् जनाएका छन् । राजनीतिक अधिकार प्राप्तिको लागि संघर्षशील राजनीतिक शक्तिहरूबीच संवाद, सहकार्य र कार्यगत […]

Continue Reading

राष्ट्रिय परिचयपत्र कार्यान्वयनको बाटो खुल्यो

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन गर्न रोक लगाउनुपर्ने मागसहित दायर रिट निवेदन सर्वोच्च अदालतले खारेज गरेको छ । सर्वोच्च अदालतको फैसलासँगै सरकारलाई विभिन्न सेवाका लागि राष्ट्रिय परिचयपत्र लागू गर्ने बाटो खुलेको छ । देशभर एकैसाथ राष्ट्रिय परिचयपत्र लागू गर्दा सेवाग्राहीहरु मारमा पर्न सक्ने भन्दै अधिवत्ता रामबहादुर राउतले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद […]

Continue Reading

‘संविधान संशोधन खारेज गर’ भन्दै नाराबाजी

मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीले राजधानीमा विरोध र्याली निकाल्याे । ‘एमसीसी सम्झौता, संविधान संशोधनको नाटक, लिम्पियाधुराको विषयमा भारत–चीनबीच भएको द्विपक्षीय सहमति तथा संस्थागत भ्रष्टाचारको विरुद्ध’ लेखिएको ब्यानरसहित र्याली निकालिएको थियाे  । आज मध्यान्ह काठमाडौंको शान्ति वाटिकाबाट शुरु भएको र्याली भद्रकाली, नयाँ सडक हुँदै इन्द्रचोकसम्म पुगेको थियो । प्रदर्शनकारीहरुले ‘लिम्पियाधुरामा त्रिदेशीय सहमति कायम गर’, ‘संविधान […]

Continue Reading

पूर्व मुख्यमन्त्री थापामाथि कुटपिट

झापाको कनकाई नगरपालिका –२ सुरुङ्गामा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापामाथि कुटपिट भएको छ ।नेपाल प्रेस युनियन झापाले दोमुखामा आयोजना गरेको पिकनिक कार्यक्रममा सहभागी भएर घरतर्फ फर्किदै गर्दा शनिवार साँझ करिव ६ बजे पूर्व–पश्चिम महेन्द्र राजमार्गको  कनकाई नगरपालिका –२ जुकेकल्भर्ट भन्ने स्थानमा उनमाथि कुटपिट भएको जिल्ला प्रहरी […]

Continue Reading

ऐतिहासिक बन्दै ट्रम्पको शपथ समारोह

अमेरिकाको राष्ट्रपतिमा निर्वाचित डोनाल्ड जे ट्रम्पको राष्ट्रपतिको पदभार ग्रहण गर्ने दिन आइपुग्दा यसको चर्चा  निकै चुलिएको छ । यो समारोह ऐतिहासिक पुनरागमनको सङ्केत गर्दै भव्य रूपमा आयोजना हुने भएको छ । शपथग्रहण समारोह चार दिनसम्म अर्थात् शनिबार सुरु भएर मङ्गलबार सम्पन्न हुने छ । शपथग्रहण समारोह समितिले सो समारोहका लागि भनेर हालसम्मकै सर्वाधिक उच्च रकम अर्थात् १७ करोड अमेरिकी […]

Continue Reading

इरानी सर्वोच्च अदालतका दुई न्यायाधीशको कार्यकक्षमा हत्या

इरानी सर्वोच्च अदालतका दुई न्यायाधीशको कार्यकक्षमा गोली हानेर हत्या गरिएको छ । न्यायाधीशहरू मोहम्मद मोघिसेह र अलि रजिनीको घटनास्थलमा निधन भएको बताइएको छ । गोली प्रहारको घटनामा एक जना न्यायाधीश र उनका अंगरक्षक घाइते भएका छन् । गोली हान्ने व्यक्तिले लगत्तै आफैँलाई प्रहार गरेर आत्महत्या गरेका छन् । उनी न्याय विभागका एक जना कर्मचारी रहेको […]

Continue Reading

भक्तपुरमा नेपाल भ्रमण वर्ष २०२५ शुभारम्भ

भक्तपुर नगरपालिका र नेपालस्थित चिनियाँ राजदुतावासको संयुक्त आयोजनामा नेपाल भ्रमण वर्ष २०२५ र चिनियाँ नयाँ वर्ष २०२५ को शुभारम्भ गरिएको छ । भ्रमण वर्ष २०२५ को शुभारम्भ नेपालको तर्फबाट उर्जा, जलश्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र नेपालका लागि चिनियाँ राजदुत चेन सोङ्ले संयुक्त रुपमा गर्नुभयो । सो अवसरमा भक्तपुरमा सांस्कृतिक कार्यक्रम तथा झाँकी प्रदर्शन गरिएको […]

Continue Reading