शेरा दरबार प्रकरण: अन्नपूर्ण फार्मिङलाई प्रमाण देखाउने मौका

नुवाकोटको विदुरस्थित शेरा दरबार क्षेत्रले चर्चेको १८४ रोपनी जग्गामध्ये १६४ रोपनी १३ आना जग्गा सरकारले ल्याउने प्रक्रिया चलिरहँदा अन्नपूर्ण फार्मिङलाई प्रमाण पेस गर्न मौका दिइने भएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले उक्त फार्मिङलाई नुवाकोट जिल्ला प्रशासन कार्यालयमार्फत सहजीकरण गर्ने गरी जिल्ला मालपोत कार्यालयमा प्रमाण पेस गर्ने मौका दिन लागेको हो। ‘ऐतिहासिक शेरा […]

Continue Reading

तीन बन्धकको बदलामा इजरायलले गर्‍यो ९० प्यालेस्टाइनी कैदी रिहा

गाजा युद्धविराम लागू भएसँगै इजरायली र प्यालेस्टिनी आम नागरिक खुशी छन्। हमासले तीन जना बन्धकलाई रिहा गरेपछि इजरायलले पनि ९० प्यालेस्टिनी कैदीहरूलाई रिहा गरेको छ। इजरायल जेल सेवाले हमाससँगको युद्धविराम र बन्धक सम्झौताको एक भागको रुपमा ९० प्यालेस्टाइनी बन्दीहरूलाई रिहा गरिएको जनाएको छ। यसअघि, हमासले रेडक्रसका अधिकारीहरूमार्फत तीन इजरायली बन्धकहरूलाई इजरायली सेना (आईडीएफ) लाई सुम्पेको थियाे। […]

Continue Reading

आजकाे विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।  निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य आज स्थिर छ। निर्धारित विनिमयदर अनुसार, सिङ्गापुर डलर, चिनियाँ युआन, थाइ भाटको मूल्य वृद्धि भएको छ।   युरोपियन युरो, युके पाउन्ड स्टर्लिङ, स्वीस फ्र्याङ्क, जापानी येन, डेनिस क्रोनर, कुवेती दिनारको मूल्य भने घटेको छ। राष्ट्र बैङ्कका अनुसार […]

Continue Reading

नाइजेरियामा पेट्रोल ट्याङ्कर विस्फोटमा ८६ जनाको मृत्यु

नाइजेरियामा पेट्रोल ट्याङ्कर विस्फोटनमा परी मृत्यु हुनेको सङ्ख्या बढेर ८६ पुगेको छ । साठी हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर  देशको मध्य भागमा सडकमा पल्टिएपछि विस्फोट भएको अधिकारीहरूले बताएका छन् ।नाइजर राज्यको आपतकालीन व्यवस्थापन एजेन्सीका प्रवक्ता इब्राहिम औदु हुसेनीले भने ,“ट्याङ्कर विस्फोटबाट मृत्यु हुनेको अन्तिम सङ्ख्या ८६ पुगेको छ ।” “हामीले हिजो दिउँसो १२ बजेदेखि आज […]

Continue Reading

वैदेशिक रोजगारीमा जाने सत्र प्रतिशत बढे

 आर्थिक वर्ष २०८१/८२ को पहिलो छ महिनामा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या १७ प्रतिशतले बढेको छ । वैदेशिक रोजगार विभागका अनुसार गत आव २०८०/८१ को तुलनामा चालु आव २०८१/८२ यस अवधिमा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको सङ्ख्या १६.७२ प्रतिशतले बढेको हो । गत आवको सो अवधिमा तीन लाख ३६ हजार ६६४ जनाले श्रम स्वीकृति लिएकोमा […]

Continue Reading

हरेक दिनको सरकारी कारोबार विवरण राष्ट्र बैङ्कमा पठाउनुपर्ने

अब बैङ्कहरूले सरकारी कारोबारको सम्पूर्ण विवरण हरेक दिन नेपाल राष्ट्रबैङ्कमा पठाउनुपर्ने भएको छ । राष्ट्र बैङ्कले सरकारी कारोबार निर्देशिका–२०७६ मा दोस्रो संशोधन गर्दै यस्तो व्यवस्थालाई अनिवार्य गरेको हो । संशोधन अनुसार अब बैङ्कहरू ले सरकारी कारोबारको सम्पूर्ण विवरण हरेक दिन पठाउनुपर्ने भएको छ । राष्ट्र बैङ्कले सरकारी कारोबारलाई व्यवस्थित गर्दै सङ्घीय सरकारको खातालाई ‘क’, प्रदेश […]

Continue Reading

ठमेलमा यसरी मनाइयो चिनियाँ नयाँ वर्ष

चिनियाँ नयाँ वर्षको अवसरमा आइतबार काठमाडौंको ठमेल रङ्गीन सांस्कृतिक प्रस्तुतिहरूले झल्कियो। चिनियाँ र नेपाली कलाकारहरूले विविध कार्यक्रममार्फत आफ्नो कला र संस्कृतिको प्रस्तुति दिँदै उपस्थित दर्शकलाई मन्त्रमुग्ध बनाए। उपसभामुख इन्दिरा राना, चिनियाँ दूतावासका राजदूत चेन सोङ लगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको यस कार्यक्रममा चिनियाँ जीवनशैलीलाई उजागर गर्ने सांस्कृतिक नृत्य र गीतसंगीत विशेष आकर्षण बने। यसअघि काठमाडौंको […]

Continue Reading

वामदेव गौतम एमालेमै जाने

नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम नेकपा (एमाले) मै  फर्किने भएका छन्।शुक्रबार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बालुवाटारमा भेटेरै कुरा गरेका गौतमले आज बिहान ओलीसँग फोन संवाद गरेपछि एमालेमै फर्किन लागेको बताए। एमालेमा फर्कन दुई वर्षदेखि प्रयास गरिरहेको र अहिले ओलीले बोलाएपछि आफू जान तयार भएको गौतमले बताएका छन्। कहिले जाने भन्ने कुरामा […]

Continue Reading

सुप्रिम सहकारी ठगी: रुपन्देही अदालतमा मुद्दा दर्ता, रविसँग ४ करोड १५ लाख विगो माग

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछाने र पूर्व डिआइजी छविलाल जोशी (बन्जाडे) विरुद्ध जिल्ला अदालत रुपन्देहीमा पूरक अभियोजन मुद्दा दर्ता भएको छ। जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीले आइतबार रवि, छवि लगायतका २२ जना विरुद्ध  सङ्गठित रुपमा सहकारी ठगीको कसुर अन्तर्गत मुद्दा दर्ता गरेको हो। सुप्रिम ठगी प्रकरणमा गोर्खा मिडिया मार्फत जोडिएका पूर्व […]

Continue Reading

माघ १० देखि धादिङ बेसीमा हुने लोक सांस्कृतिक महोत्सवको तयारी धमाधम हुदैं

“लोकसंस्कृति प्रवर्द्धनको सारस् पहिचान, पर्यटन र समृद्धिको आधार” भन्ने नाराका साथ माघ १० देखि २० गतेसम्म धादिङबेसीमा हुने पहिलो लोक साँस्कृतिक महोत्सव २०८१ को तयारी धमाधम हुँदै छ ।राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान धादिङ र सामुदायिक संचार तथा विकास केन्द्र धादिङले महोत्सवको आयोजना गर्न लागेको छ । रैथाने मौलिक लोक संस्कृति तथा सांस्कृतिक पहिचानको […]

Continue Reading