४७ औं राष्ट्रपति बनेपछि ट्रम्पले भने : अमेरिकाको स्वर्णिम युगसुरु

डोनाल्ड ट्रम्पले ४७ औँ अमेरिकी राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरेका छन्। शपथ ग्रहणपछि उनले अमेरिकालाई एक शक्तिशाली र समृद्ध राष्ट्रको रूपमा पुनः उभ्याउने योजना प्रकट गरेका छन्। उनले राष्ट्रको भविष्य प्रगतिका लागि कडा प्रयास गर्ने र अमेरिकालाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरे। आफ्नो शपथ ग्रहण समारोहमा उनले अमेरिकी जनतालाई एकताबद्ध भएर काम गर्न आह्वान […]

Continue Reading

नदीजन्य पदार्थको अवैध उत्खनन् तत्काल रोक्न सर्वोच्चको परमादेश

काठमाडौँ । कानूनविपरीत खोला तथा नदीबाट उत्खनन् भइरहेका रोडा, ढुङ्गा, गिट्टी, बालुवा निकाल्न तत्काल बन्द गराउन सर्वोच्च अदालतले सरकारका नाममा पाँचबुँदे परमादेश जारी गरेको छ।न्यायाधीशद्वय डा मनोजकुमार शर्मा र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले देशभरि भइरहेको अवैध उत्खनन्‌मा संलग्नलाई कारबाहीको दायरामा ल्याइ तत्काल उत्खनन् बन्द गर्न/गराउन परमादेश जारी गरेको हो। परमादेशमा नदीको संरक्षण गर्न एक छुट्टै […]

Continue Reading

बिराेधकाे स्वर अनेकः धराने मेयर रित्तो गाग्री बोकेर सिंहदरबार भित्रदै

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राई रित्तो गाग्री बोकेर काठमाडौँ आइपुगेका छन् । साताअघि फेसबुकमार्फत् खानेपानी आन्दोलनको घोषणा गरेका उनले प्रतिकात्मक खबरदारीस्वरुप रित्तो गाग्रीको प्रयोग गरेका हुन् । मेयर साम्पाङले आज रित्तो गाग्री बोकेर सिंहदरबार छिर्ने बताएका छन् । त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओली र खानेपानीमन्त्री प्रदीप यादवसँग भेट्ने पनि उनको योजना छ । साम्पाङले […]

Continue Reading

रविलाई थुनामा राख्न माग गर्दै उच्च अदालत पोखरामा निवेदन दर्ता

उच्च अदालत पोखरामा रवि लामिछानेसहित सात जनालाई थुनामा राखी अनुसन्धान गर्न माग गर्दै निवेदन दर्ता भएको छ । उच्च सरकारी वकिल कार्यालय पोखराले सोमबार कास्कीको सूर्यदर्शन बचत तथा सहकारी ठगी प्रकरणमा जिल्लाको आदेशमा चित्त नबुझेपछि निवेदन दर्ता गराएको हो । कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले पुस २५ गते राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापतिसमेत रहेका लामिछाने […]

Continue Reading

स्ववियु निर्वाचन चैत ५ गते हुने

त्रिभुवन विश्वविद्यालय (त्रिवि) स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन आगामी चैत ५ गते गर्ने सहमति भएको छ । त्रिविका शिक्षाध्यक्ष डा खड्ग केसीको अध्यक्षतामा आज बसेको विद्यार्थी कल्याण परिषद्को बैठकले उक्त निर्णय गरेको परिषद्का सदस्य सचिव पशुपति अधिकारीले जानकारी दिए । यसअघि त्रिविको शैक्षिक क्यालेन्डरमा स्ववियु निर्वाचन फागुन १५ गते गर्ने तोकिएको थियो । विद्यार्थी कल्याण […]

Continue Reading

परिचय खुलेपछि निलम्बित असईमाथि थप कारबाहीको तयारी

चितवनमा एक युवकमाथि निर्घात कुटपिट गरेका प्रहरी निरीक्षक (असई) निलम्बनमा परेका छन् । असई बुद्धिबहादुर भुजेलले युवकलाई अनावश्यक कुटपिट गरेको पाइएपछि निलम्बन गरिएको प्रहरीले जनाएको छ । मापसे चेकिङ्गको क्रममा असई भुजलले ‘फोन गर्ने ? पावर देखाउने ? ल फोन गर..  कसलाई फोन गर्छस्’ भन्दै युवकमाथि बारम्बार लात्ति प्रहार गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल […]

Continue Reading

अमेरिकामा टिकटक सेवा पुनः सञ्चालन

टिकटकले अमेरिकामा सेवा बन्द गरेको केही घण्टापछि आइतबार संयुक्त राज्य अमेरिकामा सेवा पुनः सुरु गरेको छ ।टिकटकले सेवा सञ्चालनका लागि वातावरण बनाएको भन्दै सोमबार पुनः सत्ता सम्हाल्ने नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई यसको श्रेय दिएको छ । राष्ट्रपति जो बाइडनको निवर्तमान प्रशासनले यसअघि नै कुनै पनि प्रतिबन्ध नलगाउने बताएको थियो ।टिकटकको चिनियाँ मालिक बाइटडान्सले आफ्नो अमेरिकी […]

Continue Reading

नेप्से परिसूचक ६ दशमलव ७८ अङ्कले बढ्यो, कारोबार रकम साढे छ अर्बभन्दा बढी

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक छ दशमलव ७८ अङ्कले बढेर दुई हजार छ सय सात दशमलव ९९ को बिन्दुमा कायम भएको हो ।आज तीन सय ११ कम्पनीको एक करोड ३६ लाख ७७ हजार नौ सय ८३ कित्ता शेयर ७४ हजार चार सय तीन पटक खरिदबिक्री हुँदा […]

Continue Reading

संसद्को हिउँदे अधिवेशन माघ १८ मा बोलाउने सरकारको निर्णय

सरकारले संसद्को हिउँदे अधिवेशन यही माघ १८ बाट बोलाउने निर्णय गरेको छ । आज  बसेको मन्त्रिपरिषद्को बैठकले अधिवेशन आह्वानसम्बन्धी सिफारिस अनुमोदनका लागि राष्ट्रपतिसमक्ष पठाउने निर्णय गरेको हो । विधेयक अधिवेशनको रूपमा लिइने हिउँदे अधिवेशन यही माघ १८ गते बोलाउन राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय भएको स्राेतले बताएकाेछ ।

Continue Reading

आजको मौसम : पहाडी भू-भागमा आंशिक बदली, हिमाली क्षेत्रमा हिमपात हुने

हाल देशमा पश्चिमी  न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि साधरणतया बदली रहेको छ।दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ। तराईमा मुख्यतया: सफा रहनेछ। राति भने कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली रहने […]

Continue Reading