आजकाे माैसम

हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। देशको तराई भूभागमा हुस्सु तथा कुहिरो लागेको अवस्था छ। कोशी, मधेस, बागमती गण्डकी र लुम्बिनी प्रदेशमा आज मौसम मुख्यतया सफा रहने छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने […]

Continue Reading

राप्ती र नारायणीमा ३५२ घडियाल गोही

राप्ती र नारायणी नदीमा ३५२ वटा घडियाल गोही भेटिएका छन्। चितवन राष्ट्रिय निकुञ्जले हालै गरेको गणना तथा अनुगमनका क्रममा राप्ती नदीमा २०६ र नारायणी नदीमा १४६ वटा गोही भेटिएका हुन्। निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले पुस १२ गतेदेखि १४ दिन लगाएर गरिएको गणनामा सो संख्यामा गोही भेटिएकाे बताए। गणनामा निकुञ्जका नौ कर्मचारी र माझीहरू सहभागी […]

Continue Reading

भ्रष्टाचार मुद्दामा खानलाई १४ वर्षको जेल सजाय

रावलपिन्डी (पाकिस्तान) । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुसरा बीबीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । फैसलामा खानलाई १४ वर्ष र पत्नी बीबीलाई ७ वर्षको जेल सजाय सुनाइएको छ ।‘अभियोजन पक्षले आफ्नो मुद्दा प्रमाणित गरेको छ, खान दोषी ठहरिएका छन्,’ न्यायाधीश नासिर जावेद राणाले फैसलामा भनेका छन् । अदालतले खानलाई राखिएको राजधानी […]

Continue Reading

आज विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्यमा आज पनि वृद्धि भएको छ। लगातार वृद्धि भएर अमेरिकी डलरले मूल्यमा नयाँ कीर्तिमान कायम गरेको छ। युरोपियन युरो, युके पाउन्ड स्ट्रलिङ, स्विस फ्र्याङ्क, सिङ्गापुर डलर, जापानी येन, चिनियाँ युआन, साउदी अरेबियन रियाल, कतारी रियाल, थाई भाट, युएई […]

Continue Reading

बन्धक रिहाइका निम्ति हमाससँग सहमतिः इजरायली प्रधानमन्त्रीको कार्यालय

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको कार्यालयले प्यालेस्टाइनी लडाकु समूह हमासले बन्धक बनाइएका व्यक्तिहरूको रिहाइका निम्ति सहमति भएको जनाएको छ । बिहीबार प्रधानमन्त्री नेतान्याहूले युद्धविराम सम्झौतामा मन्त्रिपरिषद्को मतदान स्थगन गरेका थिए । उनले हमासले सम्झौता परिवर्तन गर्न खोजेको आरोप लगाएका थिए ।शुक्रबार बिहान नेतान्याहूको कार्यालयले वार्ताका निम्ति गठित टोलीले नेतान्याहूलाई सम्झौता भएको जानकारी गराएको जनाएको छ । […]

Continue Reading

भारतको तमिलनाडुमा साँढे जुधाई क्रममा सातजनाको मृत्यु, ४०० घाइते

नयाँदिल्ली । दक्षिणी भारतमा ‘बुल फाइट’ अर्थात् साँढे जुधाई प्रतियोगिताका क्रममा कम्तीमा सातजनाको मृत्यु भएको अन्य ४०० भन्दा बढी घाइते भएका छन् ।दक्षिण भारतको तमिलनाडु राज्यका विभिन्न भागमा आयोजित कार्यक्रममा  साे घटना भएकाे हाे । छुट्टाछुट्टै घटनामा दुई साँढेको पनि मृत्यु भएको प्रतिवेदनमा उल्लेख छ । पुड्डुकोट्टाईमा एक कार्यक्रमका क्रममा साँढेको मृत्यु भएको छ भने […]

Continue Reading

रास्वपा कोसी प्रदेश सभापति तिम्सिना निलम्बीत

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना कोसी प्रदेश सभापति तथा प्रदेश समिति सभापति राजेश तिम्सिनालाई निलम्बन गरेको छ । रास्वपाले शुक्रबार तिम्सिनालाई निलम्बनको पत्र पठाएको हो । “केन्द्रीय अनुशासन आयोगको नियमावली २०८० को परिच्छेद ४ नियम ४.१ (ख)को नियम ४.१.१ (ख) तथा नियम ६.२.३ (झ) को अनुसार निलम्बन गरिएको छ,” पत्रमा भनिएको छ । पार्टीको कोसी […]

Continue Reading

गाजामा भाेलिदेखी लागु हुने गरी भएकाे युद्धविराम सम्झौताको नेपालद्वारा स्वागत

गाजापट्टीमा भाेलिदेखि लागु हुने गरी भएकाे युद्ध विरामसम्बन्धी सम्झौताको नेपाल सरकारले स्वागत गरेको छ । परराष्ट्र मन्त्रालयले शुक्रबार राति एक विज्ञप्ति जारी गर्दै  ‘गाजामा बन्धकहरूको रिहाइ र युद्धविराम  सम्झौता’को  स्वागत गरेको हो । मन्त्रालयले अक्टोबर ७, २०२३ देखि मध्यपूर्वमा भइरहेका घटनाक्रमहरूलाई नजिकबाट नियालिरहेको पनि जनाएको छ । ‘हामी हालैको युद्धविराम सम्झौतासम्बन्धी घोषणाको स्वागत गर्दछौँ । […]

Continue Reading

मानव अधिकार आयोगले गरेका सिफारिसमध्ये १३.६७ प्रतिशत मात्रै पूर्ण कार्यान्वयन

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आयोगले सरकारलाई गरेको सिफारिसमध्ये १३.६७ प्रतिशत मात्रै पूर्णरूपमा कार्यान्वयन भएको बताएका छन् । शुक्रबार प्रतिनिधि सभाअन्तर्गतको कानुन, न्याय तथा संसदीय मामिला समितिमा बोल्दै अध्यक्ष मगरले यस्तो बताएका हुन्। उनले आयोगले सरकारलाई पीडकलाई कारबाही र पीडितलाई क्षतिपूर्ति दिनका गरेका सिफारिसहरु कार्यान्वयन नहुँदा आयोगप्रतिको आस्था घट्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै  […]

Continue Reading

प्रधानमन्त्री कप क्रिकेटमा लुम्बिनीको पहिलो जीत

प्रधानमन्त्री कप टी–२० महिला राष्ट्रिय क्रिकेटमा लुम्बिनीले गण्डकी प्रदेशलाई पराजित गरेको छ ।धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आज भएको खेलमा लुम्बिनीले गण्डकीलाई ६ विकेटले पराजित गर्दै पहिलो जीत दर्ता गरेको हो ।गण्डकीले दिएको ९८ रनको लक्ष्य लुम्बिनीले १६.२ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो । लुम्बिनीका लागि प्लेयर अफ द म्याचसमेत चुनिएकी सरस्वती पुन ३१ रनमा […]

Continue Reading