महाभारतको जंगलमा आगलागी : काभ्रेको पर्यटकीय क्षेत्र नारायणस्थान जान रोक

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

काभ्रे  जिल्लाको महाभारत लेकस्थित खानीखोला गाउँपालिका -१ थामको लेक डाँडामा आगलागीका कारण काभ्रेको पर्यटकीय क्षेत्र नारायणस्थान जान रोक लगाएको छ ।  मंगलबार दिउँसोबाट लागेको आगो अझै नियन्त्रण हुन नसकेको प्रहरीले जनाएको छ ।

बेथानचोक गाउँपालिका र खानीखोला गाउँपालिकाको सिमानामा रहेको महाभारत पर्वतको थामको लेकमा रहेको महाभारत सामुदायिक वनबाट सुरु भएको भीषण आगलागीबाट बेथानचोक गाउँपालिकास्थित पर्यटकीय क्षेत्र नारायणस्थान मन्दिरलगायत वडा नम्बर १, २, ३ र ५ का केही क्षेत्रहरू समेत जोखिममा छन्।

आगलागी नियन्त्रण नभएसम्म सो क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक र सर्वसाधारणलाई नजान पालिकाले सूचना जारी गरेको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीले अन्नपूर्णलाई जानकारी दिए । स्थानीय सरकार , प्रहरी, नेपाली सेनालगायत सबै आगो नियन्त्रण गर्न लागिरहेको भण्डारीले बताए । पालिकाले आगलागी क्षेत्रमा उच्च सावधानी समेत अपनाउन सम्बन्धित सबैका लागि जानकारी गराएको अधिकृत भण्डारीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *