अस्ट्रेलियाका म्याट रोस नेपाली पुरुष फुटबल टिमको प्रशिक्षक बन्दै

अन्तराष्ट्रिय मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाली राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकमा अस्ट्रेलियाका म्याट रोसलाई अनुबन्ध गर्ने अन्तिम तयारी गरेको छ । यसअघिका मुख्य प्रशिक्षक भिन्चेन्सो अल्बर्टो एनेससँगको सम्झौता नवीकरण नगर्ने निर्णयमा एन्फा पुगेपछि नेपाली टिम मुख्य प्रशिक्षक विहीन बनेको थियो ।

एनेस सन् २०७९ को फागुनमा नेपाली टिमको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए । उनले यसै वर्षको सुरुआतमा नेपाली टिमको जिम्मेवारी छोडेका थिए ।

एन्फाका प्रवक्ता सुरेश साहले म्याट हाल नेपाल नै रहेको र सबै मिले प्रशिक्षण जिम्मेवारी सुम्पिने बताए । “४०० जनाको आवदेन आएको थियो । त्यसमध्ये पाँचजनालाई एन्फाले सर्टलिस्टेट गरेको थियो । त्यही पाँचजनामध्येबाट रोस हाल नेपाल आएका छन् । एन्फासँग कुरा मिलेसँगै उनी जिम्मेवारीमा आउने छन्,” प्रवक्ता साहले भने ।

यूईएफए प्रो लाइसेन्सधारी रोसले पछिल्लो समय युनाइटेड अरब इमिरेट्स (यूएई)को सहायक प्रशिक्षण सम्हालेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *