ठमेलमा यसरी मनाइयो चिनियाँ नयाँ वर्ष

अन्तराष्ट्रिय मनराेञ्जन मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

चिनियाँ नयाँ वर्षको अवसरमा आइतबार काठमाडौंको ठमेल रङ्गीन सांस्कृतिक प्रस्तुतिहरूले झल्कियो। चिनियाँ र नेपाली कलाकारहरूले विविध कार्यक्रममार्फत आफ्नो कला र संस्कृतिको प्रस्तुति दिँदै उपस्थित दर्शकलाई मन्त्रमुग्ध बनाए।

उपसभामुख इन्दिरा राना, चिनियाँ दूतावासका राजदूत चेन सोङ लगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको यस कार्यक्रममा चिनियाँ जीवनशैलीलाई उजागर गर्ने सांस्कृतिक नृत्य र गीतसंगीत विशेष आकर्षण बने।

यसअघि काठमाडौंको टुँडिखेलमा पनि चिनियाँ नयाँ वर्षको उल्लास मनाउन विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो। यी कार्यक्रमले नेपाल–चीनबीचको सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउन योगदान पुर्‍याएको आयोजकहरूले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *