बिपक्षी दलले आज गर्ने भनिएकाे पत्रकार सम्मेलन स्थगित

मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

संघीय संसदका विपक्षी ६ दलहरूले आज गर्ने भनिएकाे पत्रकार पत्रकार सम्मेलन सरेकाे छ ।हिजो बसेको बिपक्षी दलको संयुक्त बैठकले संसद्को हिउँदे अधिवेशन बोलाउन सरकारसँग माग गर्ने सहमति जुटाएसँगै आज पत्रकार सम्मेलनको आयोजना गर्ने जनाएका थिए ।

तर, कार्यदलले काम पुरा नगरे पछि पत्रकार सम्मेलन सरेकाे हाे । अब पत्रकार सम्मेलन भाेली ३ बजे  हुनेछ । अध्यादेशबाट सरकार सञ्चालन गर्ने प्रवृत्ति देखिएको साझा निष्कर्ष निकाल्दै बिपक्षी ६ दलको बैठकले चाँडोभन्दा चाँडो नियमित अधिवेशन नबोलाए विशेष अधिवेशन माग गर्ने समझदारी गरेका थिए ।

आजको पत्रकार सम्मेलनको तयारीका लागि नेकपा माओवादी केन्द्रका नेता बर्षमान पुन र नेकपा एसका नेता बेदुराम भुषालको २ सदस्सीय कार्यदल बनाएको थियाे । बिपक्षीहरूको साझा धाराणा बनाउन ड्राफ्ट तयार गर्ने जिम्मेवारी उनीहरूलाई तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *