अध्यादेश ठिक नभएको निष्कर्ष

मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

माधवकुमार नेपालकाे समाजवादी मोर्चा नेपालले संसदीय समितिमा विचाराधीन अवस्थामा विधेयक भएको बेला अध्यादेश ल्याउनु ठिक नभएको निष्कर्ष निकालेको छ । अध्यक्ष माधवकुमार नेपालले  अध्यादेशको बाटोमा जानु गलत भएको बताउदै  विधेयक समितिमा भएको बेला त्यो फिर्ता भएपछि मात्रै अध्यादेश  राष्ट्रपतिबाट प्रमाणीकरण हुन सक्ने दाबी गरे  ।

समाजवादी मोर्चाका सदस्य एवं नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले माघ १६ गते समाजवादी मोर्चाका तर्फबाट बिधयककाे बिरूध्दमा वैचारिक प्रशिक्षिण कार्यक्रम हुने जानकारी दिए ।

यसैबिच विपक्षी दलको सिंहदरबारमा बसेको बैठकमा सरकारले हिउँदे अधिवेशन नबोलाए विशेष अधिवेशन बोलाउने बारेमा छलफल भएको छ । बुधबार बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले हिउँदे अधिवेशन विधेयक अधिवेशनसमेत भएकाले जनताका सबै सरोकार सुन्नका साथै बढ्दै गएको भ्रष्टाचार र महँगीबारे छलफल हुनुपर्ने उल्लेख गरे  ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *