सम्झनामा नेपालमा गएका भूकम्पः सन्दर्भ राष्ट्रिय भुकम्प सुरक्षा दिवस

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

फेरि आयो यो सम्झनै मन नलाग्ने दिन २ माघ, त्यसो त यो पंक्ति तयार गर्दा पुस महिनाभरि धेरैपटक काठमाडौं हल्लिएको थियो । अघिल्लो वर्ष पनि २१ पुसमा ४ दशमलव २ रेक्टर स्केलको भूकम्प दोलखा केन्द्रबिन्दु बनाएर गएको थियो । अघिल्लो साल तिहारअघि जाजरकोटलाई नराम्ररी हल्लायो । २०७२ पछि नै यस्ता ४ रेक्टरमाथिका भूकम्पहरू झन्डै हजार छन् । औसतमा १२ पल्ट दैनिक कम्पनहरू हुन्छन्, ४ रेक्टर कम स्केलको हामीलाई थाहै हुन्न । केही बेर जाउँ १९९० सालतिरै, १९६६–२०४४ सालमा मे.जनरल ब्रह्मशमशेर जबराले चैत १९९१ मा भूकम्प १९९० ’bout संस्मरण पुस्तक लेखेका रहेछन् उनको सम्झनाअनुसारको अनुभूति यस्तो छ ।

९० सालको झझल्को

१९९० साल २ माघअघि राजधानीमा ४१ इन्ची अग्लोसम्म पानी प-यो । २ माघ बिहान हुस्सु लागेको थियो । अघिल्लो दिन माघे संक्रान्तिको धार्मिक सांस्कृतिक चहलपहल थियो । २ गते सोमबार औंशी एकाबिहानै नुहाइ धुवाइ गर्ने, बिहान हुस्सु चिसो मौसम भए पनि दिउँसो घाम तेजिलो थियो । अपराह्न २ बजेर २४ मिनेट २२ सेकेन्डमा जमिनबाट गुडगुडे आवाज आयो । महाभूकम्पको उत्पत्ति भइहाल्यो । सुरुमा अचम्मको आवाज आयो । पहिले भूकम्प भन्ने याद भएन । जमिनमा लहर चल्न थाल्यो । पहिलोपटक भूमि पूर्वबाट पश्चिमतिर गएको महसुस भयो । दोस्रोपटक जमिन बटारिन थाल्यो । चक्कर लाउन थाल्यो । हेर्दाहेर्दैै धेरै घरहरू भत्किन थाले । बिजुलीको बल्व सकेटबाट उछिट्टियो । रूख, बोटबिरुवाहरू लच्कन थाले ।

सानातिना बोटबिरुवाको टुप्पाले त जमिन छुन थाले । पोखरीको पानी बाहिर उछिट्टिन थाल्यो । भाँडोमा पानी बस्न छोड्यो । पोखरीहरूमा छालभंैंm भएर पानी निस्कन थाले बाहिर । अग्लाअग्ला घरहरू त फटाफट ढल्न लागे । घरहरू भत्केका भयंकर ठूलो आवाज आउन थाले । धूलो र धूवाँले ढपक्कै ढाक्यो । ८÷१० हातअगाडिको दृश्य पनि देखिन छाड्यो । काठमाडौंको टुँडिखेलमा कुइरीमण्डल हुन थाल्यो । धेरै मानिसको भागाभाग भयो । चार हात खुट्टा टेक्दै घस्रँदै मानिस सुरक्षित स्थानतिर जान थाले । एकअर्कालाई समात्दै, गुहारगुहार भन्दै चोकचोकमा भागदौड हुन थाल्यो । खुला ठाउँमा आइपुगेपछि मानिसहरू आफन्तको खोजी गर्न थाले । कतिपय आमाहरू आप्mना साना नानीहरूलाई घरभित्र पुगेर खोज्दा किचिएर मरे । ईश्वरको नाम चारैतिर सुनिन थाल्यो । कोही धार्मिक स्त्रीहरू औंलाले जमिन छुन थाले कोही पानी भर्न, यसो गर्दा सुरक्षित होइन्छ भन्ने विश्वासले ।

काठमाडौं सहरका गल्लीहरू धराप हुन थाले । हजारौंं घरले किचिएर मानिसहरू मरे । टुँडिखेलमा सैनिकहरू उभिन नसकेर घोप्टो परे, पूर्वको १ खण्ड जमिन फाट्यो, पानी निस्कियो । धरहरा, घण्टाघर करौंंतीले काटेझैं गरी टुक्राटुक्रा भए, खेत, सडक चिराचिरा परे । खोलाहरूमा धमिलो बाढी बग्न थाल्यो । बाग्मती, विष्णुमतीमा बाढी आयो कालो, मैलो पानी बग्न थाल्यो । ८÷१० फिट माथिसम्म पानी देखिन थाल्यो । धेरै खेतहरू जलमग्न भए । बालाजु र शंखमूलमा तातोपानी, तातो बालुवासमेत जमिनबाट निस्कन थाल्यो । चिरिएका ठाउँ ९ देखि ५० हातसम्मका देखिए । भूकम्प बन्द भएपछि मानिसहरूले आफन्तहरू खोज्न थाले । आफन्तहरूको नाम पुकार्दै सडकमा दौड्न थाले । सक्नेले घरका रासन झिक्न थाले । पुरिएका घरहरूबाट चर्काे स्वर सुनिन थाल्यो । चिच्याहट, कोलाहलको आवाज आउन थाल्यो । पुरिएकाहरूलाई झिक्ने सामथ्र्य कसैमा रहेन ।

दिवसहरू त आउँछन्, जान्छन्, केवल कर्मकाण्डी भएर, जन, धनको क्षतिबाट बच्ने कसरी ? त्यसमा राज्यको लगानी के छ, भएका भूकम्प मापन केन्द्रहरू पनि विदेशीको निगाहमा छन्, सन्चालन गर्ने मेसिन र तालिम प्राप्त जनशक्ति नै कहाँ छ हामीसँग ?

केही समयपछि टुँडिखेलमा चिफ साहेब, लाठ साहेब जर्नेलहरू जम्मा भए । जम्मा भएका फौज, सिपाहीलाई उत्साह र आधार दिइयो । ठाउँठाउँमा खटाउन थालियो । केही बेरेमै श्री ५ को छोरी मैयाँ दुई र श्री ३ की नातिनी मैयाँ मरेको खबर आयो । पुरिएका मानिसहरू निकाल्न सिपाहीहरू खटाइए । खटाइएकाहरू हंसिलो, खुसी हुँदै काममा लागे । तीन सहरमा त्यतिबेला ९ हजार ५ सय सिपाही थिए । ब्रह्मशमशेर आपूm लेख्छन्— उनी अस्पतालको तैनाथवाला भएकाले औषधिको काममा उनी लागे । त्यतिबेला श्री ५ को सवारी नागार्जुनमा थियो । विष्णुमतीको पुल भत्किएकाले छाउनीको बाटो हुँदै श्री ५नारायणहिटी पुगे ।

नागार्जुन दरबार भत्किएकाले राजा पालमुनि बसे । श्री ३ जुद्धशमशेर सिकार खेल्न कैलाली गएका थिए । भूकम्पको २० दिनपछि उनी काठमाडौं फर्केको इतिहासकार पुरुषोत्तमशमशेर बताउँछन् । त्यतिबेला विदेशी सहयोग स्वीकार गरिएन रे । जुद्धशमशेर काठमाडौं आएपछि जर्मनीबाट इन्जिनियर झिकाए रे, दरबार जाँच गराउन । जर्मन इन्जिनियरले नेपाल भूकम्पीय जोखिममा छ भनेर गए रे । अग्ला भवन नबनाउनू भने रे । हालको न्युरोड ९० को भूकम्पपछि बनेको रे । सहरमा आगलागी पनि भयो रे । तर, हावाहुरी कम भएको र बिजुली लाइन फर्पिङमा बन्द भएकाले ठूलो आलगागी हुन पाएन । खोकनाको तेल पेल्ने ठाउँमा पनि आगलागी भयो । फर्पिङको बिजुली कल बन्द भयो, विद्युत् रोकियो ।

ब्रह्मशमशेर लेख्छन्— भूकम्पको २ मिनेट आँखा खोल्दा प्रलयको कोकोहोलो सुनिएको थियो । छिटो भाग्ने मुसा पनि घरले थिचिएर धेरै मरे । मरेकाहरूको काजकिरिया धार्मिक विधिले हुन पाएन । कात्रो किन्न सकिएन । कपाल खौरने पत्ती नै भएन । पुरेत बाजेको पुस्तक भएन । पटुका फेरेर मानिसहरू किरिया बसे । पसलहरू भत्किए, बजार सुनसान भयो , किनमेल भएन । सारा सहर भत्केको थियो । रात प¥यो, झरी पर्लाजस्तो थियो, छोटा दिन, लामा रात, कोही निदाएन, लास जलाउने दाउरा नभएर भत्केका घरहरूका पुराना दाउराले लास जलाइयो । सबै घाटहरू खचाखच भए, पालै पाइएन लास जलाउने, घाटमा धेरै भीडभाड भयो । मुर्दाहरू बाटामै प्mयाँकिए वीरगन्जमा भएको एक्लो टेलिफोन बन्द भयो । बाहिरको खबर पाइएन । बाहिरको खबर लिन घोडचढीहरू गए । भादगाउँको खबर लिन पैदलै गए । २ गते रातभर स–साना भूकम्प भइरहे ।

खेतबारी खुला जमिनमा सबै ठूला सानाको बास भयो । अनिदो बित्यो त्यो रात । भोलिपल्ट सिपाहीहरू खटिए, २ गतेको रातमा धेरैले खाएनन् । पानी जम्न थाल्यो । धेरैलाई जिउँदो निकालियो । एकै ठाउँमा ४०–५० जनासम्म पुरिएका रहेछन् । नब्बे सालको भूकम्पको केन्द्रबिन्दु पूर्व चैनपुर संखुवासभा थियो । महाभूकम्पको दिनपछि स–साना कम्पनहरू गए । ४ गते राति ठूलो भूकम्प गयो । दुनियाँ झन् बढी हतासिए । ३–४ दिन यस्तो कोलाहल अवस्था रह्यो । दुनियाँलाई सापटी दिन राज्यकोषबाट मोरु ५० लाख पर सारियो । बिनाब्याज ४ वर्षका लागि ऋण दिइने भयो । वनजंगल खुला गरियो । इँटा बनाउने भट्टाहरू बनाइन थालियो । विदेशबाट झिकाइएको जस्तापाता, किला काँटी सस्तो मोलमा पाउने प्रबन्ध गरियो, पछि ऋण माफी गरियो । ९० सालको भूकम्पमा जम्माजम्मी ३ लाख १५ हजारको जनसंख्यामा मर्नेहरूको संख्या ४ हजार २ सय ९६ थियो ।

अझै विगततिर जाँदा

संवत् १३१० देखि नेपालमा भूकम्पको अभिलेख छ, यतिबेलाको भूकम्पमा काठमाडौंमा रहेका एकतिहाइ मानिसको मृत्यु भएको र सँगै राजा अभय मल्ल पनि मरेका थिए । त्यसपछि केवल ६ वर्षको अन्तरालमा आएको भूकम्पले काठमाडौंको हजारौं पुरातात्विक भवनहरू ध्वस्त भएका थिए । त्यसपछि संवत् १४६३ अर्थात् झन्डै डेढ सय वर्षपछि मात्र भूकम्प आउँदा काठमाडौंको थुप्रै संरचनाहरू ध्वस्त भई सहकालका देवता रातो मच्छेन्द्रनाथको मन्दिर ध्वस्त भएको थियो । त्यसपछि झन्डै पौने एक शताब्दीपछि श्रीनिवास मल्लको पालामा आएको भूकम्पले पनि काठमाडौंमा व्यापक क्षति भएकै हो । त्यसपछि झन्डै सवा सय वर्षपछि १८६६ सालमा आएको भूकम्प गीर्वाणयुद्धको पालामा आएको र ठूलै क्षति पु¥याएको थियो । त्यसपछिको भूकम्प १४ वर्षपछि १८८० सालमा आएको, ठीक १० वर्षपछि १८९० सालमा राजेन्द्र विक्रमको पालामा भूकम्प आउँदा १८ हजार घरहरू ध्वस्त भएका थिए । लगत्तै १ वर्षपछि १८९१ सालमा आएको भूकम्प वर्षाको समय परेको र बाग्मती पूरै थुनिएको थियो ।

१९९० सालको भूकम्पको पीडा भोग्नेहरू त अहिले पनि धेरै छन् । संखुवासभालाई केन्द्रबिन्दु बनाई आएको सो भूकम्पले ८ हजार ५ सय १९ व्यक्तिलाई निलेको, ८० हजार ८ सय ९३ घर ध्वस्त भएको, १ लाख २६ हजार ३ सय ५५ घरमा आंशिक क्षति पुगेको थियो । त्यसपछि २०३१, २०३७, २०४५, २०५०, २०५१, २०५२, २०५४, २०५८, २०५९, २०६०, २०६८ मा पनि नेपालमा भूकम्पहरू आइरहेकाले यति नै सम्म भूकम्प आउने भन्ने किटेर भन्न गाह्रो छ । भूकम्पको धक्का सुरु हुने भूसतहमुनिको केन्द्रबिन्दुलाई हाइपोसेन्टर र त्यसको ठीक माथिको भूबिन्दुलाई इपिसेन्टर भनिन्छ । नेपालको भूकम्पको इतिहासमा एउटै इपिसेन्टरहरू देखिएका छैनन् । १२ वैशाखको महाभूकम्पको इपिसेन्टर गोरखाको वारपाक थियो भने भोलिपल्ट १३ गते आएको ठूलै भूकम्पको भने लमजुङ ।

दुवै भूकम्पका कारण गोरखा, लमजुङ, रसुवा, धादिङ, नुवाकोट, काठमाडौं र भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकलाई क्षतविक्षत बनायो । रसुवाको पर्यटकीय क्षेत्र लाङटाङ पूरै मानव बस्तीविहीन देखियो भने सिन्धुपाल्चोकमा धेरै हताहत भए । पूरै गाउँ सोलोलो पाइयो । अन्य क्षेत्रहरू पनि प्रभावमुक्त हुन सकेनन् । दिवसहरू त आउँछन्, जान्छन्, केवल कर्मकाण्डी भएर, जन, धनको क्षतिबाट बच्ने कसरी ? त्यसमा राज्यको लगानी के छ, भएका भूकम्प मापन केन्द्रहरू पनि विदेशीको निगाहमा छन्, सन्चालन गर्ने मेसिन र तालिम प्राप्त जनशक्ति नै कहाँ छ हामीसँग ? जब कि विश्वमा भूकम्पीय दृष्टिले उर्बर र अब्बलक्षेत्र हो यो देश ।

साभारः राजधानी दैनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *