आज पृथ्वी जयन्ती तथा राष्टिय एकता दिवस मनाइदै

मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

आज नेपाल निमाता  पृथ्वीनारायण शाहको ३०३ औँ  पृथ्वी जन्मजयन्ती तथा राष्टीय एकता दिवस  विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । विसं १७७९ पुस २७ गते गोरखाका राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेष्ट पुत्रका रूपमा  पृथ्वीनारायण शाहको जन्म भएको थियो । विसं १७९९ चैत २५ गते पृथ्वीनारायण राजा हुदा  नेपाल ५२ स साना राज्यमा विभाजित थियो ।

पृथ्वीनारायण राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा बिस्तार गर्न उनि  सफल भएका थिए ।  पृथ्वीनारायणको शेषपछि उनका उत्तराधिकारीले पश्चिममा किल्ला काँगडासम्म नेपाल राज्यलाई बिस्तार गरेको इतिहास छ ।

पृथ्वीनारायण शाहले विसं १८०१ मा नुवाकोट विजय र  त्यसको २५ वर्षपछि १८२६ सालमा काठमाडौँ उपत्यका विजय हासिल गरेका थिए  । काठमाडौँ उपत्यका विजय गरेपछि पृथ्वीनारायण शाहले पूर्वतिरका चौदण्डी विजयपुर लगायतका क्षेत्र नेपालमा समावेश  गर्दै देशको सिमाना बढाएका थिए  ।

सबै जातजाति, भाषाभाषीको सहयोग लिएर नेपाल एकीकरणको श्रीगणेश गरेका पृथ्वीनारायण शाहको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी ३०३ औँ जन्मजयन्ती तथा राष्टीय एकता दिवस  मनाइँदैछ । यस अवसरमा सिंहदरबारको पश्चिम मूल ढोकाअघि रहेको उनको सालिक परिसरमा विशेष कार्यक्रम गरिने जनाइएको छ । प्रत्येक वर्ष पुस २७ गते शालिक अगाडी  विशेष कार्यक्रम आयोजना गरिन्छ ।शाहकाे मृत्यु १८३१ माघे संक्रान्तीका दिन देबिघाटमा भएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *